स्मारिकाले ल्याइन् एउटा व्यक्ति असल भए…..

स्मारिकाले ल्याइन् एउटा व्यक्ति असल भए…..

बिर्तामोड । झापाको कनकाई नगरपालिका –८ शितलचौककी ११ वर्षिया स्मारिका गुरागाईंको आवाजमा रहेको एउटा व्यक्ति असल भए भन्ने वोलको गीत तथा म्यूजिक भिडियोको विमोचन गरिएको छ ।

लेखनाथ गुरागाईंको शव्द, मणी वर्देवाको संगीत, रोषन मिश्रको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोमा स्मारिका गुरागाईं, रत्ना खड्का, अनिता राई, सुजना संग्रौला , निर्मला खड्का पौडेललगायतको अभिनय रहेको छ ।
अवार्ड कलाकेन्द्र कनकाई–८ लक्ष्मीपूरको प्रस्तुति रहेको म्यूजिक भिडियोको छायाङ्कन युनिक कलाकेन्द्र चारआलीका सुवास लिम्वू र रोहित लाम्गादेले गरेका हुन् ।
यसैबीच एउटा व्यक्ति असल भए भन्ने वोलको गीत तथा म्यूजिक भिडियोको विमोचन गरिएको छ । अवार्ड कलाकेन्द्रका सञ्चालक बीरबहादुर चौहानको अध्यक्षता तथा वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
बालगायिका स्मारिका गुरागाईंको जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा गोपाल उप्रेती, इन्द्र राई , केदार चुडाललगायतले बालगायिका गुरागाईंको गायकी क्षमताको प्रशंसा गरेका थिए ।
कार्यक्रमको सञ्चालन बालगायिका गुरागाईंका पिता तथा देवकोटा एजुकेशन फाउण्डेशनका प्रिन्सिपल लेखनाथ गुरागाईंले गरेका थिए ।https://www.youtube.com/watch?v=0sC1Imvomy8

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )