सुनकोशी साकोसको १५औं सभा , अध्यक्षमा ओडारी

सुनकोशी साकोसको १५औं सभा , अध्यक्षमा ओडारी

बिर्तामोड । सुनकोशी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १५औं वार्षिक साधारण सभा नयाँ सञ्चालक समितिको निर्वाचन गर्दै सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजबंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संचालक सदस्य रन्जु प्याकुरेलले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष गंगाराम ओडारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पुँजी एक करोड ७७ लाख ५० हजार रुपैयाँ , निक्षेप १२ करोड २६ लाख ५४ हजार ९ सय २३ रुपैया ,कर्जा लगानी ११ करोड ९१ लाख ८७ हजार ४ सय २७ , गत असार मसान्त सम्मको वासलात १६ करोड २० लाख रहेको र कुल वार्षिक कारोवार ४८ करोड ६७ लाख ३४ हजार २ सय ४६ गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले बिगतका कार्यक्रमहरुको निरन्तरता अन्तर्गत विभिन्न अवसरमा शेयर सदस्य तथा कर्मचारीलाई पुरस्कृत गर्ने ,मृतक राहत कोष अन्तर्गत सदस्यहरुलाई दिईने सुबिधा ,शेयर सदस्यका छोराछोरीलाई प्रविधिक शिक्षा अध्ययन गर्न दिइने छात्रवृति सुबिधा ,सदस्यहरुको बिमा सुविधालाई निरन्तरता दिईने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाले कोरोना कहरको समयमा एकका लागि एक अभियान मार्फत खरिद गरिएको पीसीआर मेसिनका लागि २५ हजार रुपैयाँ सहयोग गरेको र आगामी बर्ष पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिने कार्यक्रमहरुलाई अझ प्रभावकारी र बिस्तारित गरिने प्रतिवेदनमा उल्लेख छ ।
उक्त कार्यक्रममा संस्थाको आ.व.०७८÷ ७९ का लागि बार्षिक कार्यक्रम ,अनुमानित आय व्यय विवरण तथा संस्था संचालनका लागि आवश्यक पर्ने विभिन्न आन्तरिक नीति तथा नियमावलीहरु अनुमोदनका लागि प्रस्तुत गरिएको थियो । कार्यक्रममा उत्कृष्ठ बचतकर्ता पार्वती राजवंशी , टीका रिजाल र असल ऋणी धनसरी राजवंशी , अमरजीत शर्मालाई पुरस्कृत गरिएको थियो ।
संस्थाका लेखा समितिका संयोजक नरेशकुमारसिंह राजवंशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल पराजुलीले गरेका थिए ।
अध्यक्षमा ओडारी
सोही साधारण सभाले गंगाराम ओडारीको अध्यक्षतामा संस्थाको संचालक समिति गठन गरेको छ ।
नवगठित समितिको उपाध्यक्ष रन्जु प्याकुरेल , सचिव कमल पराजुली रहेका छन् । त्यस्तै सदस्यहरुमा नरबहादुर राई , हेमप्रसाद राजबंशी, संजयराज पोख्रेल , बलबहादुर खवास , कला लिम्बु ,महानन्द प्रसाई, हरिप्रसाद ओझा , लेखमाया गौतम रहेका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा
नरेशकुमारसिंह राजबंशी र सदस्यहरुमा जयप्रकाश खरेल र बाबुलाल राजबंशी रहेका छन् ।
नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति गठन गर्नका लागि बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा दयानन्द नेपाल र लेखनाथ कटुवाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )