अब सिटौला र बिश्वप्रकाशको भबिस्य के होला ?

देशैभरीको चुनाबी परिणाम आइरहेको बेला झापामा बाम्पन्थीहरुले पूरानो बिरासतलाई फर्काएका छन् । ०४८ सालमा पनि यहाँका कम्युनिष्टहरुले यसरी नै बिजयको माला पहिर्याएका थिए ।

तर, यसपटकको बिजयले नयाँ ढोका खोलेको मात्र छैन । नयाँ क्षितिजलाई उघारेको छ । जस्तो की अब बन्ने सरकारको प्रधानमन्त्री केपी ओली बन्ने छन् । दोस्रो पटक ओली प्रधानमन्त्री बनिरहँदा झापामा भने काग्रेसको हबिगतले भने किचलो थपेको छ ।

समानुपातिक सूचिमा पहिलो नम्बरमा समेटिए पनि पार्टीको त्यस निर्णयलाई लत्याएर चुनाबी मैदानमा उत्रिएका काग्रेसका नेता कृष्णप्रसाद सिटौला र बिश्बप्रकास शर्माको परायजले काग्रेसका कार्यकर्तामा निरासा मात्र चुलिएको छैन । आक्रोस मिसिएका अभिब्यक्ति पनि छचल्किएका छन् ।

अब सिटौलाको भबिस्य के होला ? उनले काग्रेस भित्रको अलग धारलाई कसरी नेतृत्व गर्लान् ? यो प्रश्नको जवाफ सिटौलाको भबिस्यले नै देला । तर, झापाबाट बिश्बप्रकाशहरुले दोस्रो पटक हारिरहँदा उनको राजनीतिक भबिस्य पनि जोडिएको छ ।

उनी मात्र होइन गगन थापा जस्ता काग्रेसका युवाहरुले त्यो पार्टी भित्र कस्तो लाइन खडा गर्ने हुन ? यस्ता यक्ष प्रश्नले अबको राजनीति गुजुल्टिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )