बिर्तामोडको सेवारो मोटर्समा जोङसेन कम्पनिका मोटरसाइकल तथा स्कुटर

बिर्तामोडको सेवारो मोटर्समा जोङसेन कम्पनिका मोटरसाइकल तथा स्कुटर

बिर्तामोड । चिनको प्रतिष्ठित कम्पनि जोङसेन कम्पनिका मोटरसाइकल तथा स्कुटर अब झापाको बिर्तामोडमा उपलव्ध हुने भएको छ ।

बिर्तामोडको भद्रपुररोड अन्नपूर्ण चोकमा सञ्चालनमा आएको सेवारो मोटर्सले जोङसेन कम्पनिका मोटरसाइकल तथा स्कुटरको विक्री शुरु गरेसंगै जोङसेन कम्पनिका मोटरसाइकल तथा स्कुटर  बिर्तामोडमा  उपलव्ध हुने भएको हो ।
अटोमोवाईल्स व्यवसायमा उदीयमान झापाका दुई युवा व्यवसायी सुरेश आङवो र अर्जुन गिरीले एक करोड रुपैयाँको लगानीमा संचालनमा ल्याएको सेवारो मोटर्सले हाल आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी ६ स्कुटरको विक्री शुरु गरेको हो । सेवारो मोटर्सको उद्घाटन बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए ।
उनले दुई युवा व्यवसायी सुरेश आङवो र अर्जुन गिरीले बिर्तामोडमा सेवारो मोटर्स सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गरे ।

विर्तामोडमा युवापुस्तालाई लक्षित गरेर मोटरसाईकल इन्जिन उत्पादनको क्षेत्रमा चिनमा अग्रस्थानमा रहेको जोङसेन कम्पनीले उत्पादन गरेको मोटरसाइकल र स्कूटरको बिक्री सुरु गरिएको सेवारो मोटर्सका सञ्चालक सुरेश आङवोले बताए । सेवारो मोटर्समा जोङसेन कम्पनीको आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी ६ स्कुटर उपलब्ध रहेको बताउँदै उनले आरएक्स–३ मोटरसाइकलको मूल्य ६ लाख १९ हजार रुपैयाँ , जेड–वान मोटरसाइकलको मूल्य २ लाख ७९ हजार रुपैयाँ र जेडटी ६ स्कुटरको मूल्य २ लाख ३९ हजार रुपैयाँ रहेको जानकारी दिए ।

सेवारो मोटर्समा जोङसेन कम्पनीको मोटरसाइकल र स्कूटरको सेल्स, सर्भिस र स्पेयर पार्ट्स सवै उपलव्ध हुने सेवारो मोटर्सका अर्का सञ्चालक अर्जुन गिरीले बताए ।

कार्यक्रममा जोङसेन कम्पनीको नेपालका लागि आधिकारिक वितरक रिजोन मोटर्स बिजनेश प्रा.लि.का म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले नेपालमा पहिलो पटक ७ वर्ष सम्मको इन्जिन वारेन्टी दिने कम्पनी जोङसेन भएको बताउँदै काठमाडौं , सुर्खेत र बिर्तामोडमा सोरुम संचालनमा आईसकेको र धरान, दमकमा एक महिना भित्रमा शोरुम सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रममा जेडटी ६ स्कुटरको खरिद गर्ने चारपानेका दिपेन गिरीलाई स्कुटरको चावी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने पहिलो जोङसेनको स्कुटर खरिद गर्ने दिपेन गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कलाकार गोपाल एक्तेन, लोकजगत मोटर्स धरानका प्रमुख लोकेन्द्र सुव्वा, नेपाल लाइफ इन्स्योरेन्सकी सुमन्ता वस्नेतलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन राज सुब्बा लावतीले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )