आकर्षक साकोसमा मैनाली

आकर्षक साकोसमा मैनाली

बिर्तामोड । आकर्षक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ को अध्यक्षमा गंगाप्रसाद मैनाली चयन भएका छन् ।

संस्थाको आठौं वार्षिक साधारण सभा तथा अधिवेसनले मैनालीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा चन्द्रकुमार प्रसाईं, महिला उपाध्यक्षमा माधवीदेवी भण्डारी , सचिव सुरेश गौतम , सहसचिव यामुना तिवारी , कोषाध्यक्ष हेमराज विश्वकर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश विश्वकर्मा, चन्द्रलाल रिमाल, चन्द्रकला दाहाल, उमादेवी संग्रौला, राजेश प्रसाईंरहेका छन् । त्यस्तै सोही साधरण सभाले पुष्पलाल भण्डारीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन गरेको छ ।

संस्थाकी उपाध्यक्ष माधवीदेवी भण्डारीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका पूर्व सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य यामुना तिवारीले स्वागत गरेकी थिइन् । कार्यक्रममा शिक्षासेवी मोहन ओली, नरहरी चापागाईं, कर्जा समिति संयोजक पहलमान लोहारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ठ बचतकर्ता हर्कबहादुर गुरुङ र असल ऋणी हर्कबहादुर विश्वकर्मालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष माधवीदेवी भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाको शेयर पूँजी ६१ लाख १८ हजार रुपैयाँ, निक्षेप एक करोड छ लाख ८९ हजार दुई सय पच्चिस रुपैयाँ १३ पैसा, ऋण लगानी दुई करोड १६ हजार तीन सय ५९ रुपैयाँ ३२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक पुष्पलाल भण्डारीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुरेश गौतमले गरेको व्यवस्थापक नरेश गौतमले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )