साना मझौला व्यवसायी साकोसद्वारा मास्क वितरण

साना मझौला व्यवसायी साकोसद्वारा मास्क वितरण

विर्तामोड । झापाको विर्तामोड –१मा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडमा मास्क वितरण गरेको छ ।

झापामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेसंगै त्यसबाट बच्न भन्दै साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विर्तामोडमा मास्क वितरण गरेको संस्थाकी अध्यक्ष देवी निरौला वस्नेतले बताइन् ।
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपनि त्यसलाई वेवास्ता गर्दै मास्क नलगाई हिंड्नेक्रम बढेकाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत मास्क वितरण गरिएको उनले बताइन् ।

संस्थाकी अध्यक्ष बस्नेत, उपाध्यक्ष रामलोचन न्यौपाने , सचिव चन्द्रकुकार भट्टराई, व्यवस्थापक थेप्सुलाल गणेशलगायतले विर्तामोडस्थित मुक्तिचोकको चारैतिर पैदल यात्रीदेखि सवारी साधानमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण गरेका थिए ।
उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीको टोलीले समेत साथ दिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )