आदेश पौडेललाई नेपाल आईडल सिजन– ४ को विजेता बनाउन भोट गर्न आग्रह

आदेश पौडेललाई नेपाल आईडल सिजन– ४ को विजेता बनाउन भोट गर्न आग्रह

बिर्तामोड । एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडल सिजन ४ को टप १२ मा परी भोटीङ राउण्डमा प्रवेश गरेका झापा बिर्तामोड– ८ देउनियाका आदेश पौडेललाई  विजेता बनाउन झापामा अभियान सञ्चालन गरिएको छ । आदेश पौडेललाई बिजयी बनाउन सपोर्ट ग्रुपले झापामा अभियान सञ्चालन गरिएको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जनाएको छ ।

नेपाल आईडल सिजन– ४ मा सहभागी हजारौं प्रतिस्पर्धीमध्ये १ सय २६ मा छानिएका आदेश १ सय १६ जनालाई पछि पार्दै टप ३० मा परेका थिए । टप ३० मध्येबाट प्रस्तुतीका आधारमा टप १२ मा पर्न सफल भएका उनको बिहीबार राति १० बजदेखि भोटिङ राउण्ड सुरु भएको हो । आदेशलाई भोटीङ गर्न स्वदेशमा रहने शुभचिन्तकहरुले आफ्नो मोबाइलमा सेलपे र विदेशमा रहनेले सृष्टी एप डाउनलोड गरी त्यसमा भोटिङ कोड ०१ टाइप गरी ३७००० मा सेन्ड गर्न सकिने छ । । बिहीबार राति १० बजदेखि भोटिङ खुल्ला गरिएको भोटिङ सोमबार दिउँसो १२ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

आदेश पौडेललाई नेपाल आईडल सिजन– ४ को विजेता बनाउन सपोर्ट ग्रुपले सोनु पुडासैनीको संयोजकत्वमा समिति गठन गरेको छ ।समितिको सहसंयोजकमा आकाश उप्रेती , सचिव विनोद उप्रेती , सहसचिव अर्जुन खरेल र कोषाध्यक्षमा विनोद खरेल रहेका छन् । त्यस्तै सदस्यहरुमा नुतन ढकाल , प्रेम ढुंगेल , संदीप प्रसाई , निरज प्रसाई , मनिश दाहाल , विज्ञानराज पौडेल , सुदीप भट्टराई , सुसन दाहाल , संजोग घिमिरे , श्रद्धा प्रसाई , सुरज राई , प्रविण खनाल , पिटर प्रसाई , सौरभ बस्नेत , निलम कार्की , निनि राय , संजय चुडाल , उमेश बुढाथोकी , सोभित बुढाथोकी , मनिष विष्टलगायत रहेका छन् ।
झापा बिर्तामोड– ८ देउनियाका २४ बर्षिय आदेश हाल काठमाडौलाई कर्मथलो बनाए पनि उनको बाल्यकाल बिर्तामोडमै बितेको सपोर्ट ग्रुपकी सोनु पुडासैनीले बताइन् । बिदेशमै आदेशको बुबाको मृत्यु भएपछि पारिवारिक जिम्मेवारी थपिएसँगै आदेशले काठमाडौंको रेष्टुरेन्ट र पपहरुमा परिवारको जिविकोपार्जनका लागि गायनलाई अगाडि बढाउँदै गरेको उनले बताइन् ।
आदेशकी आमा पनि पेशाले गायक नै भएको बताउँदै उनले आमाले नै आदेशको प्रतिभालाई निखारेको बताइन् । आफू आदेशको शिक्षक समेत भएको बताउँदै आदेशलाई विजेता बनाउन सवैको साथ चाहिएको उनले बताइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाले आदेशलाई विजेता बनाउन सबैलाई आव्हान गरे । त्यस्तै बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले आदेशको भोटका लागि वडा कार्यालयमार्फत २० हजार र ब्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे । सपोर्ट ग्रुपकी सोनु पुडासैनीको संयोजकत्वमा भएको कार्यक्रमको संचालन सपोर्ट ग्रुपका कैलाश प्रसाईले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )