पर्खाल भत्किँदा कामदारको मृत्यु

विराटनगर ।  निर्माणाधीन भवनको पर्खाल भत्किँदा एक कामदारको मृत्यु भएको छ । तीन कामदार घाइते भएका छन् ।

विराटनगर–४ स्थित केशलिया खोला नजिक निर्माणाधीन अवस्थामा म्याजिक चप्पल उद्योगको पर्खाल आइतबार अपराह्न ४ बजे भत्किएपछि सुनसरीको दुहवी–१३ बस्ने ४५ वर्षीया कलादेवी चौधरीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

सोही घटनामा विराटनगर–४ बस्ने ५० वर्षीय रतन माझी, दुहबी नगरपालिका– ११ बस्ने २५ वर्षीय रमेश मण्डल र ३५ वर्षीय वीरनारायण चौधरी घाइते भएका हुन् । उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )