२७ औं जनयुद्ध दिवसमा माओवादी केन्द्र बिर्तामोडद्धारा दीप प्रज्जवलन

बिर्तामोड । २७ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीको आयोजनामा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्जवलन गरिएको छ ।

 

प्रदेशसभा सदस्य तथा प्रदेश न १ का कृषिमन्त्री झलक सिंह दर्लामी ‘सन्देश’ले दीप प्रज्जवलन कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले २०५२ फागुन १ गते शुरु गरेको जनयुद्धले बोकेका र उठान गरेका एजेण्डाहरुले मुलुक चलिरहेको बताउँदै सन्देशले जनयुद्धका सम्पूर्ण शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते योद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना र वेपत्ता योद्धाहरुप्रति सम्मान जनाएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नं १ सदस्य सीपी कडरिया, ज्योतिसिंह दर्लामी, राजु आचार्य अग्नि, निर्मला खतिवडा , मोहन टुडु, सरस्वती चम्लागाईं, रञ्जन धमला, पदमप्रसाद खड्का रोषन , लगायत नगरका सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )