आज शिवरात्री, अर्जुन धारामा भक्तजनको घुँइचो

0
44

झापा । पूर्वको पशुपतिनाथ नामले चिनिने झापाको अर्नुनधारा जलेस्वर धाममा भगवान शिवको पूजाआरधना गर्न बिहानै देखी दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन २०२३ सालबाट निरन्तर शिवरात्री मनाइदै आएको छ । ३२ साल भन्दा अगाडीसम्म अर्जुन कुण्ड नामले चिनिने अर्जुनधारमा २३ सालमा मन्दिरको स्थापना गरि प्रचार प्रसाच थालिएको हो । अर्नुनधारा जलेस्वर धामको छुट्टै महत्व रहेको मुख्य गुरु अनिश सिग्देलले बताउनु भयो ।

नेपालको पूर्व जिल्लाहरु तथा भारतको पच्चिम बंगालका हिन्दुधर्मवलाम्बी भक्तजनहरुको उपस्थिती रहेको छ । आज सोमवार शिवरात्री परेकोले शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने भक्तजनहरुले बताए ।
हजारौ भक्तजनको उपस्थिती रहेको अर्जुनधारा जलेस्वर धाममा महारुद्रा विशेक, लक्ष्य हवन, अखण्ड शिवनाम पारायण, रात्रीचार प्रवरको पूजा, भक्तजनबाट अहोरात्र जलारपणलागायतका कार्यक्रम भोली ९ बजेसम्म चल्ने मन्दिन व्यवस्थापन समितिले जनाको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्