साजन हत्याको विरोधमा बिर्तामोड बन्द

0
4

बिर्तामोड । दुई वर्षदेखि बिर्तामोडमा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका २६ वर्षीय साजन मुखियाको हत्या भएको छ ।

मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको प्रहरीले जनाएको छ ।

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोर नजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन २० फागुनदेखि बेपत्ता थिए ।

प्रहरीले उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पारेको हो ।

घटनाको विरोधमा बिर्तामोडका व्यवसायीले आज एक दिनका लागि बजार बन्द गराएका छन् ।

सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य सं.घको अगुवाइमा बजार बन्द गरिएको हो ।

घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धान पूरा भएपछि उनीहरुलाई सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्