चट्याङ लागेर झापामा एक युवकको मृत्यु

0
6

झापा । हावाहुरी, पानीसँगै परेको चट्याङ लागेर झापामा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का १९ वर्षीय यामबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार साँझ घर नजिकैको गोठमा काम गरिरहेका लिम्बूलाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । चट्याङ लागेर एउटा भैंसीको समेत मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्