रुपन्देही ११ ले दाउफिन्सको सामना गर्दै

0
14

बिर्तामोड । जारी चौथो झापा गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा आज रुपन्देही ११ एफसीले विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको सामना गर्दैछ । विजयी हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । विजेताले फाइनल प्रवेशका लागि शनिबार विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

दिउँसो ३ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । स्वदेशी र विदेशी टोलीबीचको खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

जारी झापा गोल्डकपको खेलतालिका अनुसार आज मनाङ मस्र्याङ्दी र रूपन्देही–११ बीच खेल्ने तालिका रहेको थियो । तर एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण मनाङले झापा गोल्डकप नखेल्ने जनाएपछि आयोजकले दाउफिन्सलाई जारी गोल्डकपमा समावेश गरेको हो । एएफसी कप अप्रिल ३ बाट हुँदैछ ।

तीन विभागीय टोलीसहित १० टिमको सहभागीता रहेको जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजारसहित ट्रफी पाउनेछन् । फाइनल खेल आगामी सोमबार हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्