सुरु भयो एक्सपर्ट सूर्योदय क्वीज

0
4

बिर्तामोड । सूर्योदय टेलिभिजनको आयोजनामा आइतबारदेखि एक्स्पर्ट सूर्योदय क्वीज सिजन–२ सुरु भएको छ ।

क्वीजको एक कार्यक्रमका बीच सूर्योदय टेजिभिलनका अध्यक्ष मनोज उप्रेतीले उद्घाटन गरे ।

उद्घाटन कार्यव्रmमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले यस्ता कार्यव्रmमहरु विद्यार्थीको करियरका लागि महत्वपूर्ण प्लेटफर्म हुने बताए ।

टेलिभिजन सेटबाट प्रसारण हुने मोफसलकै ठूलो राशिको हाजिरीजवाफ प्रतियोगिताको रुपमा रहेको यो कार्यक्रम गत वर्षबाट सुरु भएको हो ।

सिजन–१ कै निरन्तरताका रुपमा यस वर्ष पनि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक देवी गौतमले बताए ।

यस कार्यक्रमलाई निरन्तरता दिइने र अझ व्यापक बनाउँदै लगिने कार्यक्रमको मुख्य प्रायोजक संस्था एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका व्यवस्थापक कृष्ण खतिवडाले बताए ।

प्रतियोगितामा प्रदेश एकका विभिन्न विद्यालय तथा क्याम्पसबाट ४२ टिम सहभागी छन् ।

सहभागी टिममध्ये विजेता टिमले ५० हजार नगद र प्रमाणपत्र पाउनेछन् । आइतबारबाट लीग राउण्ड सुरु भएका छ । यस चरणबाट विजेता बनेकाहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

लीग चरणको छनौट कार्यक्रमलाई यही फागुन २० गतेदेखि सूर्योदय टलिभिजनबाट प्रसारण गरिने कार्यक्रम संयोजक गौतमले बताए । लीग चरणबाट छनौट भइ सेमिफाइनल र फाइनल राउण्डलाई प्रत्यक्ष प्रसारण गरिने सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनालीले बताइन् ।

उद्घाटन कार्यक्रमका अवसरमा साहित्यकार पुण्यप्रसाद खरेल, पत्रकार महासंघ झापाका सचिब सन्तोष आचार्य, सूर्योदय टेलिभिजनका प्रशासन प्रमुख याम विमली, कार्यक्रम निर्देशक दिपेन भेटवाल लगायतले शुभकामना दिएका थिए ।

लीग राउण्डको छनौट कार्यक्रम फागुन १६ गतेसम्म हुनेछ ।

विराटज्योति इङलिस स्कूल बिर्तामोड, गोमेन्द्र कलेज बिर्तामोड, मनकामना कलेज बिर्तामोड, कोहेड कलेज बिर्तामोड, कन्काई मल्टिपल कलेज सुरुङ्गा र आउटफिट फेसन बिर्तामोडले सहयोग गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्