तस्बिरमा हिमाली एजुकेशनको ११औँ वार्षिकोत्सव

0
4

बिर्तामोड ।  अर्जुनधारा–६ स्थित हिमाली एजुकेशन फाउण्डेशनले बिहीबार दिनभर विविध कार्यक्रमको आयोजना गरी ११औँ वार्षिकोत्सव भव्य रुपले मनाएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष खड्ग गिरीको अध्यक्षता तथा अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थीका तर्फबाट कक्षा ८ की छात्रा एलिना पौडेल र शिक्षकका तर्फबाट प्रिन्सिपल शान्ता गिरीले स्वागत गरेका थिए ।

विद्यार्थीले स्वागत गीतसमेत प्रस्तुत गरेको कार्यक्रममा सूर्यज्योति बोर्डिङ स्कूलका प्रिन्सिपल एवम् प्याब्सन अर्जुनधाराका संयोजक रुद्र सिटौलालगायतले बोलेका थिए ।

कार्यक्रमकै बिच विद्यालयले शिक्षक ठाकुर राईलाई नगदसहित सम्मान गरेको थियो ।

कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, राइम्स, स्पिच, कविता, नाटक, र्‍याम्प लगायत प्रस्तुति दिएका थिए । सोही अवसरमा विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्