खैराते बिचार र हाहाहोहोको भरमा भिड्मात्र जम्मा हुन्छ – उपप्रधान मन्त्री पोखरेल

झापा । उप प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले खैराते बिचारले  कम्युनिष्ट पार्टी नचल्ने भन्दै बिचारमा प्रष्ट हुनुपर्ने बताउनु भएको छ । शुक्रवार नेकपा जिल्ला कमिटी झापाका पदाधिकारीलाई सपथग्रहण गराउँदै मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।

माक्र्सबाद लेलिनवादबाट दिक्षित भएर बनिएको जनताको बहुदलिय जनबाद नै अबको कम्युनिष्ट पार्टीको उपयुक्त कार्यदिशा हुने धुमाउरो संकेत गर्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व समूहरुको मानसिकता त्याग्दै नेकपा एक ढिक्का भएर बिचार मन्थन गर्नु पर्ने बताउनु भयो ।

हिजोको झापा बिद्रोह र माओवादी जनयुद्धको आफ्नै महत्व भएपनि बर्तमानमा बाटो देखाउने नसक्ने भन्दै मन्त्री पोखरेलले यिनीहरुबाट शिक्षा लिदै नेकपाको अबको सिद्धान्त के हो भन्नेमा बहस चलाउन आग्रह गर्नुभयो । उहाँले खैराते बिचार र हाहाहोहोको भरमा भिड् मात्र जम्मा हुने बताउँदै बिचार बोकेको संगठित शक्तिले मात्र परिवर्तनलाई आत्मसाथ गर्न सक्ने बताउनु भयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्