झापामा यस्तो देखियो होलीको उल्लास (फोटो फिचर)

0
5

झापा । प्रदेश नम्बर १ अन्तर्गतको झापा जिल्लालाई सरकारले बिहीबार पहाडसँगै होलीको सार्वजनिक बिदा दिए पनि सर्वसाधारणले भने शुक्रबार मात्र होली मनाएका छन् ।

सरकारले होली पर्वमा पहाड र तराईमा फरक–फरक दिन विदा दिने गरे पनि यसपटक झापामा पहाडी जिल्लासँगै सार्वजनिक विदा दिएको थियो । सरकारी कार्यालयहरु बिहीबार बिदा भए पनि कर्मचारीले त्यस दिन होली मनाएनन् । उनीहरुले पनि शुक्रबार नै धुमधामका साथ फगुवा खेले ।

नेपालको भूगोलमा झापासहित २० जिल्ला तराईमा पर्छन् ।

 

तर, सरकारले झापालाई पहाडी होलीको दिन सार्वजनिक बिदा दिन थालेपछि सरकारी कर्मचारी भने असन्तुष्ट बन्दै आएका छन् ।

शुक्रबार दिनभर हर्षोल्लासपूर्वक झापाबासीले होली मनाए ।

बिर्तामोडको मुक्तिचौक वरपर होली खेल्नेको भीडले पूर्वपश्चिम राजमार्ग नै केहीबेर ‘जाम’ भएको थियो । सडक खुलाउन प्रहरीलाई हम्मेहम्मे प¥यो ।

भद्रपुर, बिर्तामोड, धुलाबारी, काँकडभिट्टा, दमकलगायतको मुख्य सहरमा शुक्रबार भव्य रुपमा होली मनाइएको छ ।

बजारमा रंग, अबिर, फलफूल, मिठाई र मासुको बिक्री बढेको पाइएको छ । झापाका चोकचोकमा होली मनाउनेहरुले नाच गान गरेका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्