कन्चनजंघा इस्टिच्यूट अफ हेल्थ साइन्सेसको फेयरवेल कार्यक्रम

0
3

बिर्तामोड । यहाँस्थित कन्चनजंघा इस्टिच्यूट अफ हेल्थ साइन्सेसले फेयरवेल कार्यक्रमको आयोजना गरेको छ ।

२०६५ सालमा बिर्तामोडमा स्थापना भएको यस कन्चनजंघा इस्टिच्यूट अफ हेल्थ साइन्सेसमा अध्ययनरत् विद्यार्थीमाझ गरिएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख तथा सो कलेजका अध्यक्ष ध्र्र्रुवकुमार शिवाकोटीले नवआगन्तुक तथा विदाइ हुने विद्याथीलाई उज्ज्वल भविष्यको कामना गरे ।

उनले ०७५ सालको बैशाखमा कलेज आफ्नै भवनमा सर्ने र त्यहाँबाट सम्पूर्ण कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।

कलेजका प्रिन्सिपल रुचि शिवाकोटी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नवागन्तुकलाई स्वागत र विदाइ हुने विद्यार्थीलाई विदाई गरिएको थियो ।

हालसम्ममा यस कलेजले ८ व्याच विद्यार्थी उर्तीण गरिसकेको र हाल रेडियोग्राफी पीसीएल डिप्लोमा, ल्याब टेक्निसियन र नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा कलेजकी सञ्चालक विद्या शिवाकोटीको पनि उपस्थिति रहेको थियो ।

सो अवसरमा कलेजका विद्यार्थीले नृत्य तथा विविध मनोरञ्जनात्मक कार्यक्रम समेत सञ्चालन गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्