किन झापा आए ज्ञानेन्द्र शाह ?

0
3

झापा । पूर्व राजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि आइतबार झापा पुग्नुभएको छ ।

अपरान्ह श्री एयरलाइन्सको विमानबाट उहाँ झापा पुग्नुभएको हो ।

उहाँको झापा भ्रमण अनौपचारिक भएको बताइएको छ । उहाँ पत्नी कोमलसँगै झापा पुग्नुभएको हो ।

पूर्व राजा ज्ञानेन्द्र झापाको दमकस्थित चिया बगानमा रहेको निवासमा बस्ने कार्यक्रम रहेको बताइएको छ ।

झापा आइपुगेका पूर्व राजा शाहलाई स्वागत गर्न राजावादी कार्यकर्ताहरु भेला भएका थिए । उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्