राष्ट्रलाई हजार मूर्ति उपहार दिने मितेरीको योजना

0
3

उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गरेका थिए ।

विंस २०६१ मा १० वर्ष्भित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका बराइलीले २०७१ सालसम्म १ सय ५० को हाराहारीमा मात्र मूर्ति निर्माण गर्न सके ।

निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना अब १० वर्ष्भित्र आफूले पूरा गरेरै छाड्ने अठोट उनले व्यक्त गरेका छन् ।

उनी जापानमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणका लागि डेढ वर्षअघि त्यहाँ पुगेका थिए ।

राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने बराइली २०७२ सालमा ५० हजार राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उनको कला जापानसम्म माग भयो ।

जापानको एक विशाल पहरामा डेढ वर्षदेखि बुद्धको मूर्ति कोर्दै आएका बराइलीले केही दिनअघि मात्र आफ्नो घर फर्किएका बेला कुरा गर्दै राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्