सहयोगको बदलामा अमेरिकाको यी दुई सर्त

0
66

काठमाडौं । अमेरिकाले कबुल गरेको ‘मिलेनियम च्यालेन्ज कर्पोरिसन’ सम्झौताअन्तर्गतको करिब ५६ अर्ब रुपैयाँ सहयोगका लागि नेपालसँग सर्त राखेको छ ।

अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोले हालै प्रधानमन्त्री केपी ओलीलाई पत्राचार गरेर उत्तर कोरियाविरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषद्ले लगाएको नाकाबन्दीको समर्थन गर्नुपर्ने र तिब्बती शरणार्थीलाई पक्राउ गरी चीन फर्काउन नहुने सर्त राखेका हुन् ।

‘प्रिय प्रधानमन्त्री सन् २००६ मा त्यतिखेरका विदेशमन्त्री राइसलाई तपाईले भेटेकै कोठामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हालै भेट्दा मैले हाम्रो सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धतालाई पुनः जाहेर गर्नुका साथै असल साझेदारी विकास होस् भनी शुभेच्छा प्रकट गरेको थिएँ, पोम्पियोले पत्रको शुरुमा उल्लेख गरेका छन् । त्यसपछि उनले प्रधानमन्त्रीलाई नेपाललाई अमेरिकाले दिन राजी भएको ठूलो रकमको सर्त पालना गर्न घुमाउरो पारामा आग्रह गरेका छन् । समाचार कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्