घुस लिने कर्मचारी जोगाउन पत्रकार सम्मेलन !

0
229

दानाबारी(इलाम) । घुस लिने कर्मचारीलाई कारवाहीको माग गर्दै इलामको माई नगरपालिकाका स्थानीयले मंगलबार नगरपालिकाको कार्यालय घेराऊ गरेका छन् । नगरपालिकाका सव—इन्जिनियर गोविन्द ढकाल र अशिष्टेन सव—इन्जिनियर विकास राईले स्थानीय उपभोक्ता समितीसँग खुलेआम घुस रकम लिने गरेको समाचार सार्वजनिक भएपछि स्थानीय उपभोक्ता समितीका सदस्यसहित स्थानीयबासी दबावस्वरुप नगरपालिकाको कार्यालय घेराऊ गर्न पुगेका हुन् ।

इन्जिनियरद्वयले स्थानीय उपभोक्ताले बाटो निमार्णको प्राविधीक स्टीमेट बनाउँदा, कामको निरीक्षण तथा अनुगमनका क्रममा खुलेआम घुस रकम लिने गरेको भन्दै माई नगरपालिकाका विभिन्न वडामा रहेका उपभोक्ता समितीले ती कर्मचारीलाई कारवाही हुनुपर्ने माग गरेका थिए । उपभोक्ता समितीका सदस्य र स्थानीयबासी प्ले कार्डसहित भ्रष्ट कर्मचारीलाई कारवाहीको माग गर्दै ¥याली निकालेर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पुगेका थिए ।

माई नगरपालिका—५ को हाङ्गखिम—खरबनी सडक खण्डको प्राविधीक स्टमेट बनाउदा नै ढकालले १० हजार रुपैयाँ खुसबापत रकम लिएको समाचार सार्वजनिक भएको थियो । उनले आफ्ना कार्यालयका अशिष्टेन सव—इन्जिनियर राईलाई ५ हजार र उनी स्वयम्लाई ५ हजार गरी १० हजार रुपैयाँ घुस रकम असुल गरेका हुन् । उक्त सडक खण्डको कामका लागि इन्जिनियरद्वय ढकाल र राईले २५ हजार माग गरेका थिए । बाँकी रकम नदिएको उपभोक्ता समितीले निर्धारित समयमा नै काम सम्पन्न गरेपनि अनुगमनका लागि पटक—पटक बोलाउदा समेत विभिन्न बहाना गरेर टार्ने गरेको समाचार सार्वजनिक भएको थियो ।

समाचार सार्वजनिक भएपछि नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा कर्मचारी आफू जोगिने र जनप्रतिनिधि कर्मचारी जोगाउने बाहेक चुरो कुरो आउन सकेन ।

प्राविधिक कर्मचारी गोविन्द ढकाल र विकास राईले अतिरञ्जित ढङ्गबाट समाचार आउनु दुखको कुरा भएको बताए । उनले सापटीस्वरुप लिएको रकमलाई व्यक्तिगत रिसबीले समाचार बनाएइको आरोप लगाए ।

उपमेयर बिष्णुमाया रिमाल आाचार्यले निराधार र कपोकल्पित समाचार आफुलाई पाच्य नहुने भन्दै आफूले भ्रष्टचार गरेकोे पुष्टि भए एकै सेकेण्डमा उपमेयर पदबाट राजिनामा दिने बताइन् ।

नगर प्रमुख दिपक थेवेले भ्रष्टचार हुन पनि सक्छ नहुन पनि सक्छ तर चरित्र हत्या हुनेगरी बिना आधार कसैलाई दोष लगाउन नहुने बताए । स्थानीय लालबहादुर तामाङ्ग र बालकृष्ण मगरले आन्तरिक लेनदेन नभई २५ हजार मागेकोमा आफूहरुले १० हजार घुस दिएको भन्दै यस्ता कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्