मुश्लिम समुदायले ‘ईदुल्ल फित्र’ मनाउँदै

काठमाडौं । मुश्लिम समुदायले आज ‘ईदुल्ल फित्र’ मनाउँदैछन् । वर्षमा एक पटक मनाइने ‘ईदुल्ल फित्रको लागि सघीय सरकारले बुधबार मुलुकभर सार्वजनिक बिदा दिएको छ ।

मुश्लिम समुदाय ईदुल्ल फित्रमा एक महिना व्रत अर्थात् रोजा बस्छन् । रोजा बुधबारदेखि समापन हुँदैछ । ईदुल्ल फित्रमा आफन्त तथा इष्टमित्रलाई बोलाएर बिशेष सत्कार गर्दै सेवईसहित विभिन्न परिकार खुवाउने चलन छ । ईदुल्ल फित्र सकिएकाे ४५ दिनपछि बक्रर ईद शुरु हुन्छ ।

ईदुल्ल फित्रमा राष्ट्रपति विद्यादेवी भण्डारी मुश्लिम समुदायप्रति शुभकमना व्यक्त गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्रीले केपी ओलीले पनि ईदुल्ल फित्रको अवसरमा मुश्लिम समुदायप्रति छुट्ट शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ईदुल्ल फित्र मुश्लिम समुदायको महत्वपूर्ण पर्व रहेको उल्लेख गर्दै यसले सामाजिक सद्भाव कायम राख्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्