करफोकमा फुटबल ट्रेनिङ सेन्टर

0
19

बिर्तामोड । सूर्योदयनगरपालिकाको कर्फोक मा फुटबल ट्रेनिङ सेन्टर निर्माण हुने भएको छ । इलामको सुर्योदय नगरपालिका र अखिल नेपाल फुटबल संघ बीच बुधवार ट्रेनिङ सेन्टर निर्माण समझौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई र एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले हस्ताक्षर गरेका छन् ।
सूर्योदयनगरपालिका वडा नम्बर १२ मा रहेको करफोकविद्या मन्दिरको नाममा रहेको ७० रोपनी जग्गमा ट्रेनिङ्ग सेन्टर स्थापना हुने मेयर राईले जनकारी दिए ।

खेलाडीहरुको तथा रेफ्रि चेन्जिङ्ग रुपम, मेडिकल रुम, प्रशासनिक कक्ष र मिटिङ्ग हल, जिम कार्यालय रहने गरी आधुनिक भवन बन्ने छ । तीनवटा खेलमैदान निर्माण गरिने एन्फाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले जानकारी दिए ।
निर्माण शुरु भएको पाँच वर्षमा ट्रेनिङ्ग सेन्टरको निर्माण पुरा हुने छ ।

यसै बर्षबाट तालिम शुरु गर्ने गरि काम गरिने अध्यक्ष शेर्पाले बताए । टेनिङ्ग सेन्टर निर्माणको लागि एक करोड ३५ लाख रकम खर्च हुने अनुमान नगरपालिको रहेको छ । लागतको आधा एन्फा आधा सूर्योदय नगरपालिकाले व्यहोर्ने सहमती भएको मेयर राईले जनकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्