सर्वाधिक महँगो मुल्यमा ‘छ माया छपक्कै’ को इन्टरनेशनल राइट्स बिक्रि

दशैमा रिलिज तयारीमा रहेको चलचित्र ‘छ माया छपक्कै’ को इन्टरनेशनल राईट बिक्रि भएको छ। दिपेन्द्र लामाको निर्देशनमा तयार हुदै रहेको चलचित्रको पहिलो सेड्युलको छायाकन सम्पन्न भैसकेको छ। अब केहि सिन र गीतको सुटिङ्ग बाँकी रहेको छ। यहि बिचमा निर्माण टिमले चलचित्रको इन्टरनेशनल राइट्स बिक्रि गरेको छ।

छक्का पन्जा टिम संग निर्माताको रुपमा रहदै आएका निशान बजगाईले चलचित्रको इन्टरनेशनल राइट्स खरिद गरेका हुन्। बजगाई मुभिज प्राइभेट लिमिटेडले किनेको ‘छ माया छपक्कै’ को हालसम्मकै महँगो मुल्यमा इन्टरनेशनल राइट्स बिक्रि भएको हो।  दिपकराज गिरि, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्रमा दिपक दीपाको टिमले नाफा पछी ५० प्रतिशत शेयर लिने सर्तमा काम गरेका छन्। canada.nepal

प्रतिक्रिया व्यक्त गर्नुस्