छोरी बलात्कारकाे भिडियो, आमाले खोलिन् रहस्य !

0
85

जुध्द चौधरी 
कञ्चनपुर । पुनर्वासमा छोरी बलात्कार गरी भिडियो बनाउने बाबु पक्राउ परेका छन् । बेलौरी र पुनर्वासको सीमामा पुनर्वास नगरपालिकाका रामबहादुर (नाम परिवर्तन)ले छोरीलाई बलात्कार गरी भिडियो बनाएका हुन् ।

१४ वर्षीया जेठी छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय रामबहादुर पक्राउ परेका हुन । रामबहादुरले मंगलबार राति १० बजे छोरीलाई बलात्कार गरेको र मोबाइल भिडियो खिचेको प्रहरीले जनाएको छ ।

प्रहरीका रामबहादुरकी पत्नीले मोबाइल चलाउन छोरी बलात्कार गरी भिडियो खिचेको रहस्य खुलेको हो । मोबाइलमा छोरीसँगको त्यस्तो भिडियो देखेपछि राबहादुर र उनकी पत्नीबीच झगडा भयो र त्यसपछि घटना सार्वजनिक भयो । घटना सार्वजनिक भए लगत्तै राबहादुरलाई बेलौरी प्रहरीले पक्राउ गरेको हो ।

रामबहादुरलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जिम्मा लगाएको बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनु भयो । प्रहरीका अनुसार पक्राउपछि रामबहादुरलाई मेडिकल चेकजाँचका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्