दर्जी आत्मा हत्या प्रकरण- घटना गुपचुप बनाउन सिडियो देखी राजनीतिक दलको चलखेल

0
226

शम्भु दाहाल
झापा । झापा मेचि नगर–६ का बालक किरण कार्की ढोली (दर्जी) को हिरासतमा मृत्यु भएको १० दिन बितिसक्दा पनि सत्य तथ्य बाहिर आएको छैन । प्रहरीले सत्य तथ्य सार्वजनिक गर्नुको साटो घटनामा संलग्न प्रहरीलाई जोगाउने र घटना सामसुम पार्ने चलखेल गरिरहेको पाईएको छ । तर, परिवार, अधिकारकर्मी र स्थानियवासी दर्जीको आत्माहत्या नभई प्रहरीले हत्या गरेको शंका गर्दै सत्य तथ्यबाहिर ल्याई दोषीलाई कार्वाहीको माग गर्दै आइरहेका छन् ।

ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुवास खड्कालाई निलम्बन, अधिकारकर्मी सहितको छानबिन आयोग गठन, दोषीलाई कडा कार्वाही र मृतकका परिवारलाई उचित क्षतिपुर्ती लगायतका माग राख्दै आन्दोलित भएका बिभिन्न क्षेत्रका अधिकारकर्मीहरुलाई उनिहरु निकट जिल्लाका राजनीतिक दलका नेता लगाएर व्याग सार्ने काम सुरु भएको एक नेकपा झापाका नेताले बताए ।

घटनालाई गुपचुप गराउँन जिल्ला प्रसाशन कार्यलयका प्रमुख जनकराज दाहालको पहलमा कांग्रेशका जिल्लाका नेता देउमान थेवे, उद्धव थापा, तथा नेकपाका केहि नेताले आफुनिकट पार्टीका अधिकारकर्मीलाई पार्टीमा माथीसम्म जान मनछकी छैन, पाटीले दिइएको जिम्मेवारी खोस्नु नपरोस् भन्दै व्याकमेल गर्न थालेको एक दलित अधिकारकर्मीले बताए । सत्य तथ्य छानबिन गरेर दोषीलाई कार्वाही गर्नको साट्टो जोगाउन राजनीतिक दलका नेता लगेकोले आन्दोलनको बिकल्प नभएको सचेत युवा तथा विद्यार्थी मञ्च झपाका नेता भिष्मराज पौडेलले बताए ।

प्रहरीले भने घटना घटेको २०७६ साल बैशाख १ गते रातीबाटै घटना सामसुम पार्ने प्रयत्न गरेको पाइएको छ । हिरासतमा एक ब्यक्तिको मृत्यू भएको भन्ने अपुष्ट सुचना प्राप्त गरेका झापाका केही संचारकर्मीलाई प्रहरीले मृतक १९ बर्षिय भारतीय नागरीक भएको भन्दै थामथुम पार्ने प्रयत्न गरेको थियो । घटना लुकाउने सिलसिलामा २ बजे राती नै प्रहरीले बिर्तामोड नगरपालिका–५ का वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन लगायतका ब्यक्तिहरुलाई झुक्काएर घटना प्रकृति मुचुल्कामा हस्ताक्षर गराएको बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले बताउनुभयो ।

अझ अचम्म त के छ भने सम्बन्धनै नभएको अर्जुनधारा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष वलदेब तामाङलाई समेत राती नै डाकेर मुचुल्कामा हस्ताक्षर गराई घटना सामसुम पार्न खोजेको पाइएको हो । तर घटनाबारे संचारमाध्यममा सार्वजनिक भएपछी संलग्न प्रहरीलाई जोगाउन प्रहरी नै लागि परेको प्रहरी स्रोतको भनाई छ ।

घटनाले प्रहरी भित्र खैलाबैला मच्चिए पनि जिल्लाको प्रहरी नेतृत्वमा रहेका एसपी दिनेशराज मैनालीले भने मुख खोलेका छैनन् ।

घटनामा संलग्न भएको र बालक कार्की झुण्डिएको हिरासतको धारा र ढोका काट्न लगाएर प्रमाण नष्ट गरेको आरोप लागेका बिर्तामोडका डिएसपि सुवास खड्का र एसपी मैनाली डिउटीका क्रममा लामो समय एकै ठाउँमा खटिएको र दुई बीच अत्यान्तै सुमधुर सम्बन्ध भएकाले एसपी मैनालीले ठोस कदम नचालेको जानकारहरुको भनाई छ ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसँग खड्काको सम्बन्ध नजिक रहेका कारण पनि एसपी मैनाली डिएस्पी खड्का बिरुद्ध एक्सनमा नगएको उनिहरुको दाबी छ । प्रहरीले बालक मृतयू प्रकरणको तथ्य खुल्ने डरले बिर्तामोड इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अदालतमा बुझाउने समय भएका र घटनाको साक्षी रहेका अन्य थुनुवालाई समेत अदालतमा उपस्थित गराएको छैन । कार्कीको मृत्युबारे सुरुमा प्रहरीले परिवारको प्रत्यक्ष निगरानीमा पोष्टमार्टम गरेको भन्दै हामीलाई समेत यसरी ढाटेको थियो ।

तर, अहिले भने प्रहरीले मृतक भारतिय नागरिक भएको भन्दै सुरुमा आफ्न्त बिनानै लासको पोष्टमार्टम गरेको स्विकार गरेको छ । यसबाट घटना सम्बन्धमा माहोल अनुसार प्रहरीले जवाफ दिदै आएको प्रष्टिएको छ । यस घट्नाको बिषयमा दोषी प्रहरीलाई तत्काल कार्वाही गर्न माग गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्राई, मानवअधिकारवादी तथा सांसद मोहना अन्सारी र लेखक खगेन्द्र संग्रौलाले समेतले टुइट गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्