दर्जी हत्या प्रकरण, थप रहस्यमय बन्दै

0
125

शम्भु दाहाल
झापा । गैर न्यायीक हिरासतमा रहस्यमय तरिकाले मृत्यु भएका झापा मेचिनगर–६ का नाबालक किरण कार्की ढोली दर्जीको ११ दिन बितिसक्दा पनि वास्तविकता बाहिर आउनको साट्टो अझ रहस्यमय बन्दै गएको छ ।

प्रहरीले सत्यतथ्य बाहिर ल्याउन भन्दै तीन तहको छानबिन समिति गठन गरेको सात दिन बितिसकेको छ तर, कुनै तथ्य बाहिर ल्याएको छैन । झापाका राजनीतिक दलले आफ्नो पार्टीसँग नजिक रहेका अधिकारकर्मीलाई मुद्धाबाट पछि हट्न भित्रिरुपमा दवाब दिएको समाचार सार्बजनिक भएको भोलिपल्टै बुधवार दलित अधिकारकर्मी टिकाराम मग्रातीले किरणको न्यायिक आन्दोलनबाट पछाडी हटेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

कस्को दवाबबाट पछि हटेको भनेर नखुलाए पनि तत्कालिन नेकपा एमालेको कोटाबाट मेची नगरपालीको कार्यपालिका सदस्य मनोनित भएका मग्रातीलाई नेकपाको जिल्लाका नेताले दवाव दिएका कारण पछि हटेको स्थानियले बताए । हेनुहोस् मग्रातीको फेसबुक स्टाटस जस्ताको तस्तै ।

घटना घटेको १० दिन पछाडी मंगलवार जिल्ला प्रशासन कार्याल झापामा भएको राजनीतिक दल, मानवअधिकारकर्मी र दलित अधिकारकर्मीसँगको दोस्रो चरणको छलफलमा नेपाली कांग्रेशका नेता देउमान थेबेले पत्रकारले समाचार लेखेको कारण हिंसा भड्कने भन्दै समाचार लेख्न बन्द गर्नु पर्ने बताएका थिए ।

थेबेको यो अभिव्यक्तिबाट पनि घटना गुपचुप बनाउन राजनीतिक दल, प्रहरी र प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बीच गोप्य सहमती भएको प्रष्ट पारेको छ । नेकपाका झापाका एक प्रवावशाली नेताका अनुसार गएको शुक्रवार नै घटना गुपचुप बनाउन प्रजिअ दाहालको पहलमा नेपाली कांग्रेश र नेकपाका जिल्लाका नेताको गोप्य मिटिङ्ग बसेर सहमती भएको हो ।

प्रहरीले गल्ती गर पनि कुनै कार्वाही नहुने स्थानियवासी बताउँछन् । इलाका प्रहरी कार्यालय अनारमनीमा अहिलेका डिएस्पी सुवास खड्का भन्दा अगाडिका डिएस्पी कृष्ण कोइरालाले हत्या अनुसन्धान गर्नका लागि ५० लाख रुपैयाँ घुस मागेको अडियो सञ्चारमाध्यमा सार्वजनिक भएको थियो ।

त्यस बेला पनि प्रहरीले छनबिन समिति बनाएको स्थानियले बताए । तर, छानबिन समितिको प्रतिबेदन नआउँदै उनलाई प्रदेश नम्बर १ को उत्कृष्ट प्रहरी भन्दै सम्मान गरियो । यस्ता घटनाले प्रहरीलाई सर्बसाधरण मान्छेले हेर्ने दृष्टीकोमा फरक आएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्