सहायक सिडिओको गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

0
133

झापा । सहायक प्रमुख जिल्ला अधिकारीको चढेको गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

कन्काई नगरपालिका–१ दुर्गापुरमा बिहीबार राति सहायक सिडियो कृष्णप्रसाद पोखरेल चढेको गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।

राति साढे ८ बजे पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालयको गाडीले विपरीत दिशातर्फ जाँदै गरेका साइकलयात्री पाँचथर नागी–६ घर भई हाल कालीमोडामा डेरा गरी बस्ने वर्ष ४० का उमेश हिङमाङ ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

मृतकको शव सोही अस्पतालमा राखिएको छ भने पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। –फाइल तस्बिर

प्रतिक्रिया व्यक्त गर्नुस्