धरानलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

0
31

काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा धरान एफसीलाई २–१ गोलअन्तरले पराजित आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रेको आर्मीका लागि टंक बस्नेतले खेलको २९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, धरानका मिलन राईले खेलको ३९औँ मिनेट गोल गरेर बराबरीमा पुर्याए ।धरानका कप्तान विष्णु सुनुवार र रेफ्री श्याम दनुवारबीचको केही तनावका बीच भएको खेलमा नवयुग श्रेष्ठले ४१औँ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाए । धरानले च्यासल युथ क्लब काठमाडौँलाई पराजित गर्दै क्वार्टरफाइनल खेलमा प्रवेश गरेको हो भने आर्मीले सोझै खेलेको हो ।

खेलको म्यान अफ दी म्याच आर्मीका सुमन अर्याल घोषित भए । उनले नगद ११ हजार पाए । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १० टीम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार, उपविजेताले नगद ५ लाख १ हजार र सर्वोत्कृष्ट खेलाडीले एक लाख १ हजार नगद पाउनेछ । सोमबारको खेल पारो एफसी भुटानविरुद्ध नेपाल पुलिस क्लबबीच हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्