चिया उद्योगी न्युनतम पारिश्रमीक दिन तयार, ४५ दिन देखीको आन्दोलन फिर्ता

झापा । व्यवसायीसँग तीन बुँदे सहमती भएसँगै ४५ दिन देखी जारी झापाका चिया मज्दुरको आन्दोलन फिर्ता भएको छ । नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच आज सहमती भए पछि आन्दोलन फिर्ता लिएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिनुभयो ।

आज बिर्तामोडमा भएको वार्तामा तीनबुँदे सहमति भएसँगै चिया मज्दुरका माग समेटिएको तामाङले बताउनुभयो । तीन बुँदेमा सरकारले तोकेको श्रम ऐन ‘२०७४’ अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागू गरे अनुसारको तलब भुत्तान गर्ने र आन्दोलन अवधि भरको ज्याला ३० प्रतिशत दिने समेत उल्लेख छ ।

सहमती भएसँगै मंगलबारदेखि उद्योग खोल्ने छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्