बिर्तामोडमा ‘लिची फेस्टिवल’ हुने

विर्तामोड । झापाको बिर्तामोडमा जेठ ४ गतेदेखि ५ दिने ‘लिची फेस्टिवल’ हुने भएको छ । श्री जय ड्रिमल्याण्ड पार्कको आयोजनामा लिची फेस्टिवल हुने भएको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

झापाका शिक्षासेवी जयनारायण ढुङ्गानाको बिर्तामोड–३ स्थित कछुवारीमा १५ विगाहा क्षेत्रफल जग्ग्गामा स्थापना भएको ड्रिमल्याण्डमा फेस्विल हुने उनले बताए । ‘ लिची फेस्टिवल वस सेवाबाट गराइने छ’ ड्रिमल्याण्ड सञ्चालक ढुङ्गानाले भने ‘फेस्टिवलमा एकसयको टिकट काटेर भित्र प्रवेश गरेपछि बोटवाट टिपेर लिची समेत खान पाइने छ ।’ फेस्टिवलमा टिपेर खान पाए पनि घर भने लानका लागि नपाइने उनले बताए । ‘घर लानका लागि गेटमा एकसय रुपैयाँका लिचीका झुप्पा राखिएका हुन्छन् ।’ ढुङ्गानाले भने ।

होटल र हस्पिटल स्थापनाले वातावरण प्रदुषण बन्ने भएकाले सफा वातावरणका लागि बृक्षरोपण गर्न आवश्यक रहेको उनको भनाई छ । सो १५ विगाहा जमिनमा लिची, आँप, कटहर र अम्वकका रुखविरुवा रहेको अर्का सञ्चालक तथा ढुङ्गानाकी श्रीमती अञ्जना ढुङ्गानाले बताइन् । फेस्टिवलमा ५ हजार वढिको उपस्थिति रहने अपेक्षा गरिएको उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्