घरभित्रै पसेर टाउकोमा हतियार प्रहार

झापा । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा बुधवार राती एक महिलालाई धारिलो हतियार प्रयोग गरि गम्भीर घाईते बनाइएको छ ।

४१ बर्षीय आरती चौहान(बुढाथोकी)लाई घरमा सुतीरहेका बेला दुई अपरिचित व्यक्तिले धारिलो हत्यारले टाउकोमा प्रहार गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । आरतीसँगै ७ बर्षीय छोरी पनि सुतेकी थिइन् । राति बिद्युत समेत नभएको र पानी परेको समय कोठमा प्रवेश गरेका २ जनाले आफुलाई घाटी न्याकेर हल्ला गरिस भने तँलाई पनि यहीँ खुकुरीले काटिदिन्छु भन्दै ममीको पेटमा बसेर टाउकोमा हानेको ती बालिकाले बताएकी छिन् ।

बाहिरबाट ढोका लाक गरिदिएकाले बिहिवार बिहान आरतीकी छोरी झ्याल बाट कराएर बोलाउँदा स्थानियले थाहा पाएपछि मात्र प्रहरीलाई खबर गरिएको थियो । आरतिको बिर्तामोडको एक अस्पतालमा उपचार भई रहेको स्थानीय गोकुल हुमागाईले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्