प्रहरीद्वारा वडाध्यक्ष कुटिएपछि प्रहरी कार्यालय तोडफोड

0
161

डोकेबजार । कञ्चनपुरको पुनर्वासमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तुलसी अर्याल प्रहरीद्वारा कुटिएका छन । घटनाको विरोधमा स्थानीयले प्रहरी चौकीमा तोडफोड र टायर बालेर प्रदर्शन गरी रहेका छन् ।

प्रहरी चौकी डोकेबजारमा गए राती ११ बजे स्थानीयको विवाद सुल्झाउन पुगेका वडाध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरेपछि स्थानीयले बिरोध प्रदर्शन जारी राखेका छन् ।

बिरोधमा उत्रिएका स्थानीयले धनगढी बेलौरी हुलाकीमार्गमा आवागमन ठप्प पारेका छन् । प्रहरी निरीक्षक कर्णबहादुर बमको आदेशमा आफू माथी हातपात भएको वडाध्यक्ष अर्यालले बताउनुभयो ।

आफ्नो जनप्रतिनिधि प्रहरीबाट कुटीएपछि आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्नुका साथै चौकी अगाडि टायर बालेर दोषीलाई कार्बाहीको माग गरेका छन।

विवाद उग्र हुने देखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।घटनाको १० घण्टा बित्दासमेत बिवाद समाधानका लागि प्रशासन तथा उच्च प्रहरी अधिकारी घटना स्थलमा पुगेका छैनन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्