जेसिबीले ढालेकोे रुखले लागेर बालकको मृत्यू

इलाम । इलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा सडक निर्माणका क्रममा जेसिबीले ढालेकोे रुखले लागेर १३ वर्षिय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक माधव श्रेष्ठले जानकारी दिनुभएको छ ।

विद्यालय आउँदै गरेको समयमा हर्कटे– तारगाँउ सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनपा ६ का भेषराज गजमेर रहेका छन । सोही ठाउँमा रुखले लागेकी कृतिका रसाइली घाइते भएको र घाइते रसाइलीको उपचारका लागी झापा तर्फ लगीएको पैहरीको भनाई छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्