शासक र शासितको अनुहार फेरीयो शासन शैली उस्तै, के भन्छन् सारा जिवन गणतन्त्रका लागि लड्ने योद्धा ?

0
104

शम्भु दाहाल
झापा । ‘को हुनुहुन्छ घरमा ?’ ‘कुच्चो थुत्ने खेताला चाहिएको छैन ?’ ‘को हो तँपाई ?, घर काहाँ हो ?’ ‘म शिविरे हो हौ, सस्तोमै थुतौलान कुच्चो ।’ पंक्तिकार ७ बर्षको हुँदा सुनेको संम्वाद हो यो । यो संम्वाद पंक्तिकारको आमा र नेपलमा गणतान्त्र प्राप्तीका लागि जिवनका ५० बसन्त निरन्तर संर्घर्ष गर्ने एक योद्धाको हो ।

कहिले भुटानी शरणर्थी त कहिले गोरु व्यपारी, कहिले खेतालाको पहिचानमा निरन्तर संगठन निर्माणमा तल्लिन एक जिउँदो शहिद । गणतन्त्र प्राप्तीका एक योद्धा तर, कसैले चिन्दैन न त चिनिने नै चाहाना छ उनमा ।

सानो काठ र बाँसको घर, बस्नलाई मुडासम्म छैन, छरपष्ट लुगा, सानो टेवल, टेवल माथी केही थान सम्मान–पत्र, घर भरि माकुराको जालो झल्क हेर्दा लाग्छ बिरक्तीएको मन लिएर बसेका छन् ती गणतन्त्रका लागि लडेका महान योद्धा । १२ औँ गणतन्त्र दिवस देशभरी मनाइदै छ ।

४७ वर्ष अघि वर्गशत्रु खतम गर्ने र पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरी समाजवादी राज्य स्थापना गर्ने सुन्दर सपना बुनेर झापा बिद्रोहमा सामेल जुँगाको रेखीमात्र बसेका युवा अहिले बुढो मात्र भएको छैन उनका अटुट सपना पनि उनका गाला जस्तै चाउरी परेका छन् । झापा बिद्रोहका क्रममा १७ बर्ष ८ महिना १५ दिन जेल र माओवादी जनयुद्धमा १० बर्ष

भुमिगत जिवन बिताएका ७३ बर्षीय मनकुमार तामाङ्ग (कुन्दन) अहिले ज्याला मन्दुरी गरेर घरको गर्जो टार्छन् ।
जिवनका उर्भर ५० बर्ष गणतन्त्र प्राप्तीको आन्दोलनमा बिताए पनि त्यसको ब्याज खाने अरुनै छन् । उनलाई राजाको जहानिय एकल शासन र यो गणतन्त्रमा के नै फरक छ र ७३ बर्षको उमेरमा रुखका मुढा पल्टाउने लेवर काम गर्नु परेपछि ।

उनिसँगै जेल बसेका केपी शर्मा ओली २ पटक प्रधानमन्त्री र उनि सामेल जनयुद्धका कमाण्डर प्रचण्ड २ पटक प्रधानमन्त्री भए तर उनिहरुकै ढाल बनेर बन्दुक बोकाका तामाङ्गलाई गणतन्त्रको कुनै महशुस भएको छैन ।

प्रजातन्त्र पाप्ती पछी २०४६ साल पुष २७ गते जेल मुक्त भएका तामाङको २००३ सालमा इलाममा जन्म भएको हो । १७ बर्ष कै उमेरमा राल्फाली आन्दोलन अगुवा र मनमोहन अधिकारीकोसँग भेट भए पस्चात कम्युनिष्ट आन्दोलनमा झुकाव बढाएका मनकुमार तामाङ्ग (कुन्दन) झापा बिद्रोहका मुख्य योद्धा मध्ये एक हुन् । उनिसँगै जेल जिवमा बसेका केपी शर्मा (ओली) अहिले दोस्रो पटक प्रधानमन्त्री भएका छन् ।

उनले सिपी मैनाली, राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतम लगायत अहिलेका ठुला नेतासँगै जेल जिवन बिताएको बताए । उनले नाम लिएका सबै नेता अहिले कुनै न कुनै ओहोदामा छन् तर, उनि भने घरको गर्जो कसरी टार्ने भन्नेमै चिन्तित देखिन्छन् ।

लडाकु स्वभाका तामाङ्गलाई पनि सुखानी शहिदहरुसँगै झापाबाट इलाम कारागार चलान गरिएको थियो । तामाङ्गले भने ‘मलाई बिशेष निरानीका साथ छुट्टै गाडीमा लगिएको थियो, सुखानी पुगे पछि बाच्न मन भए माग भने म मर्छु तर भाग्दिन भने गाडीबाट नओर्लिकोले बाँचेको हुँ ।’

तामाङले भने झापा आन्दोलन भनेको किसान आन्दोलन थियो । सामन्ती शोषण, थिचोमिचो, अन्याय र अत्याचारको विरुद्धमा झापाका किसानहरु संघर्षमा उत्रिरहेका थियौ तामाङ्गले भने हाम्रा माग सामान्य थिए । राजा महेन्द्रले भूमिसुधार लागु गर्ने, मोहीयानी अधिकार दिने कुरा गरेका थिए ।

किसानहरु २२–२३ सालदेखि मोहीयानी अधिकार प्राप्तीको आन्दोलनमा थिए । हामीले त्यो आन्दोलनलाई समर्थन ग¥यौँ । तर सामन्तहरु किसानलाई मोहीयानी हक दिन चाहदैनथे । कानुनले दिएका अधिकारहरु प्राप्तीको आन्दोलन नै पछि गएर हिंसात्मक भयो । सामन्तहरुबाट मोहीहरुमाथि आक्रमण गर्ने र अंगभंग गर्ने सम्मका काम भए । त्यसको विरुद्ध म लडेको थिए ।

अहिले अर्जुनधार नगरपालिका–१ सालबन्दीमा श्रीमतीका साथमा बसेर ज्याला मज्दुरी गरी गुजारा चलाई रहेका मनकुमार तामाङ्ग (कुन्दन) जेलबाट निस्किए पछि आफुले त्याग र बलिदन गरेको तत्कालिन मालेको व्यहवार सोचेको तस्तो नपाएको बताउँछन् । उनले भने ‘प्रजातन्त्र पनि नाम मात्रको जनताको दःुख जस्ताको जस्तै सहन नसकेर तत्कालिन माओवादीले शुरु गरेको जनयुद्धमा ०५३ सालबाटै भुमिगत भएर लडेको हुँ ।’ जनयुद्धका बेला माओवादीले उनको नाम कुन्दन राखेर जिउँदो सहिद घोषण गरिका थिए । उनले शान्ति सम्झौता हुने समयसम्म नै भुभिगत जिवन बिताए ।

सरल स्भावका आम कार्याकर्ताका बीच लोकप्रिय तामाङ्गलाई राजा हटेर गणततन्त्र आए पछि जनताका दुख सकिले आशा थियो । तर, अहिले एक एक हरायो । उनले भने ‘ अहिलेको कम्युष्टिमा कम्युनिष्टको व्यहवारनै छैन्, ओली र प्रचण्डमा लोभलालच बढ्यो ।’

अहिले तामाङ्गले आफ्नो उर्भर उमेर पुरै बिताएकोे २ वटै पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । उनले भने ‘न त कोही नेताहरु पनि भेट्न आउँछन्, न त कुनै पार्टीको कमिटमा नै समेटिएको छु ।’ तामाङ्गले मलिन स्वरमा भने पुँजीबादीको चंगुलमा फसेको नेकपाका नेता म जस्तो दैनिक जाँजिरामा काम गर्ने, पसिनाको गन्ध आउने, फाटेको लुगा लाउनेलाई भट्न काहाँ आउँछन् र ।’

जेल मुक्त भएसँगै राजबन्दीलाई सरकाले दिएको ७५ हजार रुपैयाँले किनेको ४ कठ्ठा जग्गामा काठ र बाँसको घर बनाएर बसेका तामाङ्ग सरकारले कुनै सहयोग नगरेको बताए । उनले भने प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा त आसा थियो तर केही भएन । जनताको लागि लडेको बताउँने तामाङ्गले अहिलेको नेकपा कम्यसनिष्ट पार्टी नभएको बताए ।

आज १२औँ गणतन्त्र दिवस । नेताहरुलाई देश कायापलट भएको भन्दै ठाउँठाउँमा पुगेर भाषण गर्न भ्याइनभ्याई छ । राजाको शासन त हट्यो तर, गणतन्त्रको आवास न त जनताले गर्न पाएका छन् । न त गणतन्त्र प्राप्तिका लागि सिङ्गो जिवन होमेएका योद्धाले नै ।

प्रतिक्रिया व्यक्त गर्नुस्