“म अलप हुन चाहान्छु ”, कता गए प्राध्यापक विष्टका पाईला र पदचाप ?

0
48

शशिशेखर घिमिरे

हो, उहाँ त्यसपछि कहिल्य फर्कनुभएन । हामीले कैयौं दिन र वर्षहरु बुवा फिर्ने आशमा वितायौं । तर उहाँको कुनै अत्तोपत्तो लागेन । नेपालको कानूनले २० वर्ष लामो समय मानिस ज्युदो नभेटिए मृत सरह घोषणा गर्ने रहेछ, “छोरा केशर वहादुर विष्टले मन भारी वनाएर भनिरहँदा उपस्थीत चुपचाप सुनिरहेका थिए ।

चलचीत्रको कथा झै लाग्ने गरि नेपालको विकासे आयाममा अनेक जुक्ति र उपाए लगाएर नथाकेका प्राध्यापक विष्टको भौतिक शरिर यतिखेर अलप भएपनि उहाँले पुराएको योगदानको चर्चा जति हुन पर्ने हो त्यति नभएको महशुस गर्न सकिन्छ ।

प्राध्यापक डोर वहादुर विष्टको पदचाप र पाईलाहरु नेपाली प्राज्ञीक क्षेत्रको साथै नेपालको विकासको घुम्टी र मोडहरुमा सहयोगी वन्न सक्ने भएपनि उहाँको योजना र सपनाहरुलाई वेवास्ता गरिएको आभाष हुन्छ ।

हो, नेपालको भाषा संस्कृति र जातजातीको उत्थान गर्दै मानवशास्त्रीको प्राज्ञिक व्यक्तित्व प्राध्यापक विष्ट कहिल्य पूर्व मेची त कहिल्य पश्चिम महाकाली पुग्नुभयो । अध्यन र अनुसन्धानमा विताउनुभयो ।

त्यहि अध्येता प्राध्यापक विष्ट अलप भएको आज वाईस वर्ष वितेछ । खोजीका अनेंको प्रयास निरर्थक भए । अन्तिम पटक जुम्ला जान्छु भनेर हिड्नुभएका मानवशास्त्रका पिता प्राध्यापक डोर बहादुर बिष्ट त्यसपछि कहिल्य फिर्नुभएन् । मानवशास्त्र र समाजशास्त्रमा अव्वल प्राध्यापक विष्टको जीवनी र उहाँको बहुआयामीक छविलाई उजिल्याउने धेयका साथ अनेक प्रयास पनि भएका छन् ।

पुस्तक ,लेख रचना प्रकाशन भएका छन् । प्राध्यापक विष्ट आफैमा प्राज्ञीक क्षेत्रका ज्ञानका भकारी र प्रेरक व्यक्तित्वमात्र नभै उति नै गैरप्राज्ञिक क्षेत्रमा पनि दख्खल राख्ने व्यक्ति भएको नजिकवाट चिन्नेहरुको बुझाई छ ।

माघ ५ गते शुक्रवार प्राध्यापक विष्टको ९२ औं जन्मदिनको अवसरमा छोरानातीहरुले बुवाको सम्झनामा केक काटीरहँदा मानवशास्त्र केन्द्रिय विभागका कतिपय प्राध्यापकहरुले उनै प्राध्यापक विष्टको विविध पक्षको वारेमा अभिव्यक्ति दिए ।

यता विगत ६ वर्ष देखि निरन्तर प्राध्यापक विष्टमाथि रहेर वुत्तचित्र “म अलप हुन चाहन्छु” पनि प्रर्दशन गरियो । सचिन घिमिरे र गौरव केसिले संयुक्त रुपमा निर्देशन गरेको वुतचित्रमा नाती विराज विष्टले लेखनमा साथ दिएको देखिन्छ ।

९२ मिनेट लामो वुतचित्रमा प्राध्यापक विष्टले नेपालको विकास र परिवर्तनमा खेलेको भूमिकाको डकुमेन्ट गरेको देखिन्छ । एक प्रखर राष्ट्रवादले ओतप्रोत प्राध्यापक विष्टको जीवनको रोचक पक्षलाई सटीक ढंगले प्रस्तुत गर्ने सवालमा वुत्तचित्र नजिक पुगेको देखिन्छ ।

वुत्तचित्रमा नेपाल जस्तो भौगोलीक अवस्था रहेको देशको विकासको वाधक पक्षलाई प्राध्यापक विष्टले घोत्लिएर हेर्ने गरेकोे तत्कालीन समयको परिवेशलाई श्रव्यदुश्यमा समावेश गरी देखाउन खोजीएको देखिन्छ ।

अनि गरिवीको पहाड बोकेर बाँचेका जुम्लाका जनताको आर्थीक र सामाजीक अवस्था बदल्न खेलेको भूमिकालाई समेत त्यतिवेलाको परिवेश,पात्र र समकालीन स्वदेशी र विदेशी प्राध्यापक र अध्येताका माध्यमवाट देखाउन खोजीएको छ । कर्णाली ईन्स्टिचयुट मार्फत प्राध्यापक विष्टले जुम्लामा पुराएको सहयोगको पनि वुत्तचित्रले धेरै पक्षलाई सजिव ढंगले प्रस्तुत गरेको देखिन्छ ।

विष्टको काम र भावनालाई वाहिर ल्याउन निर्देशकहरुले कुनै कसर राखेका छैनन् । प्रविधी र पहुँचको सक्दो प्रयोग मार्फत उहाँको जीवनी र योगदानलाई नजिकवाट नियाल्ने काममा खोट लगाउन हम्मे हम्मे पर्छ ।

प्राध्यापक विष्टको नाममै स्थापीत डोरबहादुर फाउण्डेसनको सहयोगमा आगामी दिनमा पनि अघि बढ्ने नाती विराज विष्टले सुनाईरहँदा नेपाली माटोमा जन्मे हुक्रेका डोरबहादुरको व्यक्तित्व र योगदानलाई अझ ताजा वनाउने गरि अघि बढ्न सकिएको खण्डमा डोरवहादुर विष्टको अलप भएको शरिरले शान्ती पाँउला ।

बाहुनवादलाई खलनायक र नेपालका आदीवासीलाई नायकको रुपमा चित्रण गरेर प्राध्यापक विष्टले शुरु गर्नु भएको बाहुनवादलाई अन्त्य गर्ने सार्वजनिक बहस धेरै लामो समयसम्म रहिरहने निश्चित देखिन्छ । उहाँले भनेजस्तै बाहुनवादको अन्त्यपछि मात्र नेपालमा शान्ति, सामाजिक न्याय, सुख र समृद्धि आउला या नआँउला यसै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्