समाजबाद के हो ?

0
40

– भवानीप्रसाद दंगाल

बैज्ञानिक समाजबादका जन्मदाता कार्ल माक्र्स हुन । कार्ल माक्र्स र फ्रेडरिक एङ्केल्सले सन १८४८ मा प्रकासित गरेको कम्युनिष्ट घोषणा पत्रमा पहिलोपटक बैज्ञानिक समाजबाद के हो भन्ने स्पष्ट पारिएको छ । सन १७८९ मा भएको फ्रान्सेली राज्यका्रन्तीबाट समाजबादको सुरवात भएको हो ।

संसारको पहिलो निर्वाचित समाजबादी पार्टि भने अष्ट्रलियन समाजबादी पार्टी हो । जुन सन १८९९ मा स्थापना भएको थियो, पछि सन १८६७ मा प्रकाशित कार्ल माक्सद्धारा लेखिएको पुस्तक “पूँजीमा” समाजवादी अर्थब्यवस्थाको बारेमा बिस्तृत बयान गरेको पाईन्छ । नेपाललको संविधान २०७२ को भाग १ को धारा ४ मा नेपाल एक समाजबाद उन्मुख राज्य हुनेछ भनि उल्लेख गरिएको छ । त्यसैले यस आलेखमा समाजबाद के हो भन्ने बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

समाजबाद एउटा यस्तो आदर्श आर्थिक तथा राजनितिक प्रणाली हो जहाँ सबै प्रकारका उत्पादनका साधनहरु राज्यद्धारा नियन्त्रीत हुन्छन र नागरिकहरुलाई न्यायपुर्ण ढंगले बितरण गरिन्छ । समाजबादी राज्य प्रणालीमा ब्यक्तिगत सम्पत्तिको कुनै महत्व हुदैन तर सर्वजानिक सम्पत्तिको रुक्षा, प्रर्ब४न र विकास गर्नु हरेक नागरिकको कर्तब्य हुन जान्छ । समाजबादमा ब्यक्तिगत सम्पत्तिको नियन्त्रण र बितरण सामाजिक नियन्त्रणको माध्यमबाट गरिन्छ ।

अर्को अर्थमा समाजबाद भनेको राज्य४ारा नागरिकहरुको आधारभुत आवश्यकताहरु जस्तै गाँस, वास, कपास। शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा आदी समान ढंगले बितरण गरिने र प्रत्याभुत गराईने राजनितिक तथा आर्थिक प्रणाली हो । समाजबादमा समाजका सबै सबै नागरिकताहरुले उत्पादनका साधनहरुको समान ढंगले उपभोग गर्ने सुनिश्चितता हुन्छ ।

समाजवादी अर्थब्यवस्थाको उत्पादनका मुख्य चार साधनहरु ;

क. श्रम ख. उद्यमशिलता ग. बस्तुगत पँजी घ. प्राकृतिक संसाधनहरु हुन । समाजबादी अर्थ ब्यवस्थामा श्रमलाई महत्व दिईन्छ भने पूँजिबादी अर्थ ब्यबस्थामा पूँजी लगानीकर्ताको महत्व हुन्छ ।

समाजबादको मुल मन्त्र भनेको “प्रत्येकले आ–आफ्नो क्षमता अनुसारको योगदान गर्नुपर्दछ । समाजका सबैले नागरिकहरुले आ–आफ्नो योगदान अनुसारको हिस्सा प्राप्त गर्ने अधिकार राख्दछन ।”

यहि मन्त्रले अर्थात, काम अनुसारको माम र दाम पाईने ग्यारेन्टि गरिएको हुनाले नै नागरिकहरु लामो समय सम्मा राज्यले अ¥हाएको काममा खटिन तयार हुन्छ । यस्तो अर्थ ब्यवस्थामा मालिक र नोकरको सम्बन्ध हुदैन । सबै नागरिकहरुले आ आफ्नो क्षामता अनुसारको काम गरे अनुसार अक्तिरिक्त मुल्य स्वरुप शेयरको निस्सा (हिस्सा) प्राप्त गर्दछन ।

यि दुई अर्थ ब्यवस्थालाई जोड्ने पुलको काम सहकारी अर्थ ब्यवस्थाले गर्दछ । मुलुकमा पुर्ण रुपमा समाजबादको स्थापना भएपछि सहकारीको पनि औचित्य समाप्त हुन्छ ।

समाजबादी आर्थिक प्रणालिको आधारभुत बिशेषता करिब करिब हाम्रो अर्थमा सहकारीका जस्तै हुन्छ । जसरी सहकारीमा सदस्यहरु मलिक हुन्छन र शेयरको भागिदार हुन्छन त्यसैगरि समाजबादमा नागरिक मालिक हुन्छन र राज्यको साधनको शेयरका भागिदार हुन्छन ।

समाजबादका फाईदाहरु
-भेदभाव रहित राजनीतिक तथन आर्थिक प्रणाली
-समानता र न्यायपुर्ण प्रणाली
– सहभागितामुलुक र सहकारीताको भावना समेटिएको
-गरिवीको अन्त्य गरिएको
– उत्पादनका साधनहरुको समान वितरण
– एकले सबैको लागी र सबैले एकको लागी काम गर्ने
– ब्यक्तिगत महत्वकांक्षालाई निषेध गरिएको
– प्राकृतिक स्रोत साधनको समुचित उपयोग
– राष्ट्रिय पुजिको विकास
– कमजोरहरुलाई न्याय र समानता
– राज्यबाट आधारभुत कुराको सुनिश्चितता
– नाफाखोरहरुको नियन्त्रण
समाजबादका बेफाईदाहरु
– ब्यक्तिगत सम्पत्तिको नियन्त्रण प्रणाली
– पुँजिको विकासलाई महत्व नदिनु
– नीजि उद्योग र कम्पनि निर्माणमा रोक
– नाफालाई महत्व नदिईएको
– बजारको नियन्त्रणमा रोक
– धन सम्पत्ति कमाउनु र ब्यक्तिगत सम्पत्ति कमाउनमा रोक
– मानवअधिकारमा कटौति
– नीजिकरणमा रोक

हाल संसारका अति कम देशहरुमा मात्रै समाजवादी आर्थिक प्रणालीको लागु गरिएको उदाहरण पाईन्छ । क्युबा, भेनेजुयला, चीन, भियतनाम, रसिया, उत्तर कोरिया र दक्षिण अमेरिकी कतिपय मुलुकहरुमा यस्तो आर्थिक ब्यवस्था भएता पनि ति देशहरुमा समेत विश्वब्यापि पूँजिवादको र खुल्ला बजार अर्थतन्त्रको प्रभाबले सम्पत्ति माथिको ब्यक्तिको स्वामित्वलाई खुल्ला गरेको पाईन्छ ।

युरोपियन मुलुकहरु नर्वे, स्विडेन र डेनमार्क यस्ता देशहरु हुन जँहा समाजवादी अर्थब्यवस्था लागु गरिएको छ । तर त्यहाँ पनि पूँजिबादी अर्थब्यावस्थाले अवलम्बन गरेको सम्पत्ति माथि ब्यक्तिको अधिकार खुल्ला गरिएको छ । पूजीबादी अन्याय पुर्ण अर्थ ब्यवस्थाको बिकल्पको रुपमा समाजबादी न्यायपुर्ण अर्थ ब्यवस्थाको प्रार्दुभाव भएको हो ।

यि दुई अर्थ ब्यवस्थालाई जोड्ने पुलको काम सहकारी अर्थ ब्यावस्थाले गर्दछ । मुलुकमा पुर्ण रुपमा समाजबादको स्थापना भएपछि सहकारीको पनि औचित्य समाप्त हुन्छ ।

(लेखक बिर्तामोडस्थित हाम्रो नेपाल साकोसका अध्यक्ष हुन् )

प्रतिक्रिया व्यक्त गर्नुस्