जापानमा नेपाली विद्यार्थी संगठीत

0
375

झापा । जापानको सेन्डाईमा बसेर अध्यायन गर्ने नेपालीहरुले ‘नेप्लीज ग्रुफ अफ सेन्डाई जापान’ गठन गरेका छन् । शुक्रवार सेन्डाईमा बसेको भेलाले उमेश आर्चायको अध्यक्षतामा २० सदस्य समिति गठन गरेको प्रचार बिभाग प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।

समितिको उपाध्यक्षमा महेश सुवेदी, कोषाध्यक्षमा रुवेन, प्रचार संयोजकमा उमेश श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा दुर्गा अधिकारी, प्रेम बिक, दिनेश लम्साल, अर्जुन ओली, दिपेन तामाङ, गौरव खतिवडा चयन भएका छन् । त्यस्तै सदस्यमा एकराज कार्की, एकराज बुढाथोकी, राजकुमार थापा, रमेश बमजंन, हेमराज श्रेष्ठ, शान्तिराम पौडेल, बिजय उप्रेती र अरबिन राई चयन भएको प्रचार बिभाग प्रमुख श्रेष्ठले बताए । सल्लाकार संयोकको जिम्मा भुपेन्द्र श्रेष्ठलाई दिइएको छ ।

जापानमा नेपाली कला र संस्कृतीको प्रचार प्रसार गर्ने, नेपाली चार्ड पर्बमा शुभकामना आदान प्रदान गर्ने तथा नेपालमा सामाजिक कार्य गर्ने उद्धेश्यले समिति गठन गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने आवश्यकता अनुसार जापानमा रहेका नेपालीलाई समेत सहयोग गर्ने छौ ।

प्रतिक्रिया व्यक्त गर्नुस्