राजधानीबारे जेठमा निर्णय लिन्छौंः मुख्यमन्त्री राई

0
2

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी जेठ महिनाभित्र राजधानी टुंगो लाग्ने बताएका छन् ।

राजधानी तय गर्दा दबावमा नपरी निर्णय लिने उनले बताए ।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘सरकारले यो विषयमा सहजीकरणको भूमिका निर्वाह गर्ने हो, यो सवाल संसदको दुई तिहाईले टुंग्याउने हो, तर हामी कुनै दबाब, आग्रह वा पूर्वाग्रह नराखीकन निर्णय गर्छौं ।’

प्रदेशमा गुण्डागर्दी, तस्करी लगायतका अपराधलाई पूर्णनियन्त्रण गरिने पनि राईले स्पष्ट पारे ।

‘यसबारे सुरक्षा निकायसँग छलफल गरिसकेका छौं, यस्तो क्रियाकलापमा संलग्न दोषीहरुलाई कडा कारबाही गर्न मैले निर्देशन दिईसकेको छु’ उनले भने ।

प्रदेश १ लाई नमूना प्रदेश बनाउने गरी गुरु योजना बनाउन लागिएको उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्