विराट सत्संग समारोहअघि झापाको धुलाबारीमा शोभायात्रा

0
36

झापा । झापाको मेची नगरपालिकाको धुलाबारीमा बिहीवारबाट विराट सत्संग समारोह–२०७५ शुरू हुनुअघि बिहान शोभायात्रा आयोजना गरिएको छ ।

सत्संग समारोह हुने नन्दागंगा नदी तटबाट शुरू भएको शोभायात्राले धुलाबारी बजार परिक्रममा गरेको हो । बिहीवार र शुक्रवार धुलाबारीमा विराट सत्संग समारोह हुँदैछ ।

शोभायात्रामा स्थानीय संस्कृति र धार्मिक पहिचान झल्किने झाकी, बाजागाजा लगायत समावेश गरिएका थिए । शोभायात्रामा सन्तमहात्मा, पञ्चकन्या, नौमती बाजा, हंश बैण्ड, ईष्ट होराइजन बैण्ड, सेवा दल, ओमशान्ति, विभिन्न संघसंस्था र भक्तजनको सहभागिता रहेको थियो ।

मेचीदेखि महाकालीसम्मका विभिन्न शाखाका भक्तजनले आ–आफ्ना कला संस्कृति झल्किने पहिरन र प्रस्तुतीसहित शोभायात्रामा सहभागिता जनाएका शोभायात्रा व्यवस्थापन समितिका संयोजक रोहिणीप्रसाद पोखरेलले बताए ।

पदयात्रामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको समेत सहभागिता थियो ।
समारोहको औपचारिक उद्घाटन बिहीवार दिउँसो ३ बजेबाट हुने नेपाल मानव धर्म सेवा समिति श्रद्धेय आश्रम धुलाबारीका सचिव ईन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ ।

समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि सत्कारको व्यवस्थापन मिलाइएको मूल आयोजक समिति संयोजक महात्मा चमेली वाइजीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन सद्गुरूदेव सतपालजी महाराज पनि धुलाबारी पुगिसक्नुभएको छ ।

महाराजको साथमा अमृता माताजी, श्रद्धेय विभूजी महाराज, सुयशजी महाराज लगायत आउनुभएको छ ।
समारोहमा टाढाटाढाबाट आएका भक्तजनलाई खानपान र बसोबासको व्यवस्था गरिएको छ भने स्थानीय सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

समारोहमा कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भवनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन र ज्ञानवद्र्धक प्रवचन सुन्न पाइने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्