बरालको कलैको पानी सार्वजनिक

0
3

युएईमा श्रमरत मेचिनगर नगरपालिका–६, काँकरभिट्टाका धनपति बरालको पहिलो गीत गितको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा झापा जिल्लाबाट रोजगारीका लाग युएईमा रहेका गायक बरालकै सहकर्मीहरुले अभिनय गरेका छन् ।

गितसंगितमा सानैदेखि रुचि राख्ने बरालमा सात कक्षामा पढ्दैको समयदेखि गीत गाउने हुटहुटी थियो ।

त्यो बेला नै उनलाई गित रेकर्ड गराउने र एल्बम निकाल्ने इच्छा नभएको भने होइन ।

तर त्सका लागि धेरै पैसा लाग्ने भएकाले निकाल्न नसकेको तितो अनुभव उनीसँग छ ।

ती सबै रहरलाई थाती राखेर आफ्नो र परिवारका लागि रोजगारको सिलसिलामा नेपाली सेनामा जागिर सुरु गरेका बराल सेनाको बार्षिक उत्सबमा गीत गाउने गर्दथे ।

नेपाली सेनामा करिब ९ वर्ष जागिर गरेपछि राजिनामा दिएर उनी बहराईन हानिए ।

त्यहाँ दुईवर्ष बिताएर नेपाल फर्किए ।

लगतै घरमा २ महिना पनि राम्रोसँग नबिताई उनी युएई आए ।

यहाँ सबै साथिभाई झापाली समाजमा रहेकाले झापाका सबैसँग घुलमिल भए पश्चात् सबैको सल्लाह सुझावलाई आत्मासाथ गर्दै भर्खरै ,कलैको पानी सुन है नानी हाँसीहाँसी देउ तिमी मलाई तिम्रो जवानी…. नामक गित दर्शक श्रोता माझ लिएर आए ।

उक्त गीत गत महिना मात्र युएईको दुवई राज्य स्थित करामाको स्टुडियो नाइनमा रेकर्डिङ गरिएको हो ।

गीत रचना र स्वर बरालको रहेको छ भने संगीतकार तारावीर पाण्डेको संगीत रहेको छ ।

राज निरौलाले छायाकंन गरेको म्युजिक भिडियोलाई सनम दङ्गालले निर्देशन गरेका छन् ।

मातृका लम्साल, पिया नेपाल र अजित काफ्ले, असिम बास्कोटाको अभिनय भिडियोमा देख्न सकिन्छ ।

म्युजिक भिडियोमा बिशेष सहयोगीको रुपमा अशोक चापागाईं,बिनिता बिमली, विष्णुमाया दङ्गाल लगायत सम्पुर्ण झापाली समाज युएईको साथ रहेको गायक बरालले बताए ।

साथै सबैको पहिलो प्रस्तुति भए पनि मेहनत गरेर राम्रो भिडियो भनेको बताउदै युएईका विभिन्न रमणीय पार्क तथा समुन्द्री किनारामा छायांकन गरिएको म्युजिक भिडियोका निर्माता अशिम बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्