फेरि पनि गाली खान तयार छु

0
225

रबीले तेस्रो बिहे गरेछन्, सबैले समाचार बनाऔ ।
अब डा. केशीको मुद्दा ओझेलमा पर्नेभो ।
चौथो बिहेमा चाहिँ म पनि जन्ती आउँला …

मैले यसपटक यो स्टाटस लेखिरहँदा बिगतका दिनहरुको स्मरण गर्छु । जतिबेला रबी लामिछाने र किशोर श्रेष्ठबीच जुहारी चलिरहेको थियो ।

त्यतिबेला पनि म रबीको बिरोधी थिइन । तर, मैले

लिडर बन रबी , निडर बनेर मात्र पुग्दैन । निडरता कहिलेकाही आत्मघाती पनि हुनसक्छ । रबी लामिछाने लिडर होइन रहेछन्, जसले आफ्ना फलोअरहरुलाई कन्ट्रोलमा राख्न सकेनन् । लिडरले आफ्ना समर्थकहरुको अराजकतालाई रोक्नु पर्छ र उनीहरुको सुरक्षा पनि गर्नुपर्छ । त्यो लिडर आफ्नो घमण्डले यतिसम्म अगाडि बढ्न सक्छ की फर्केर हेर्दा पछाडि कोही पनि नहुन सक्छन् र ऊ एक्लै पनि हुनसक्छ । किनकी लिडरले अघि पछि सोच्छ, तर निडर अगाडि बढिरहन्छ ।

…भनेर लेख्दा मैले आमाचकारी गाली खानुप्यो, त्यो पनि रबीका जबजस्त फ्यानहरुबाट ।

गालीको पनि सीमा हुन्छ नी । यस्ता गाली की सुन्न र हेर्न नै नसक्ने खालका ।

आज म यो धारणा सार्बजनिक गरिरहँदा भन्न बाध्य छु । हामी नेपालीमा सहनशक्ति हराउँदै गएको छ । त्यो कस्तो भने हामी एउटा पूर्बवत् धारणाबाट लैस भएका हुन्छौं ।

हत्तपत्त पुर्बबत धारणा हटाउँदेनौं । जस्तो रबी भगवान हुन् । उनले कहिल्यै पनि गल्ती गदैनन् जस्तो ।

यस्तो कहिल्यै कसैलाई पनि नसोचौं । फेरि पनि रबीले अर्को बिहे नर्गु नै हुँदैन भन्ने पक्षमा म छैन । गरुन् जति सक्छन् । तर, प्रश्न यो हो की अरुलाई चोर औला देखाउनेले आफुतिर चारबटा औला फर्किएको पनि हेरुन् भन्ने मात्र सवाल हो मेरो ।

त्यसका लागि म फेरि पनि गाली खान तयार छु ।(तीर्थ सिग्देल)

प्रतिक्रिया व्यक्त गर्नुस्