एमाले र माओवादी दलको संयुक्त बैठक सकिया

0
3

एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठकले आइतबार हुने विश्वासको मतको पक्षमा मतदान गर्न आआफ्न सांसद्लाई ह्वीप जारी गरेको छ ।

भर्खरै सकिएको बैठकले दुवै दलका सांसदलाई आइतबारको संसद् बैठकमा अनिवार्य रूपमा उपस्थित भई प्रधानमन्त्री केपी ओलीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

संसद्को आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् । बैठकमा उपस्थित हुन नसकेको सांसदहरूलाई पनि तत्कालै सम्पर्मा आई आज ३ बजे संसद् बैठकमा उपस्थित हुन तथा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्