देवी पञ्चकन्या टोलस्तरीय व्याडमिन्टन प्रतियोगिताको तयारी

देवी पञ्चकन्या टोलस्तरीय व्याडमिन्टन प्रतियोगिताको तयारी

बिर्तामोड । देवी पञ्चकन्या टोल विकास संस्था बिर्तामोड –१ को आयोजनामा देवी पञ्चकन्या टोलस्तरीय व्याडमिन्टन प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

व्याडमिन्टन खेलको माध्यमद्वारा खेलाडीहरुको क्षमता विकास गराउँदै बिर्तामोड नगरपालिका भित्र रहेका टोल विकास संस्थाहरुबीच आपसी भाइचाराको सम्वन्ध स्थापित गराउने उद्धेश्यले देवी पञ्चकन्या टोलस्तरीय व्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको देवी पञ्चकन्या टोल विकास संस्थाका अध्यक्ष जनक खड्काले बताए । शुक्रबार र शनिबार सञ्चालन हुने प्रतियोगितामा बिर्तामोड नगरपालिका भित्र रहेका टोल विकास संस्थाका व्याडमिन्टन खेलाडीहरुको सहभागिता रहने उनले बताए ।

पञ्चकन्या सोसाइटीको कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको प्रायोजन आशीर्वाद पेन्ट्स र माउण्ट एभरेष्ट वाइनरी प्रालिले गरेको देवी पञ्चकन्या टोल विकास संस्थाका सचिव कुमार कडरियाले बताए ।  प्रतियोगिताका विजेता प्रथमलाई १० हजार रुपैयाँ ट्रफि र प्रमाण पत्र, दोश्रोलाई ७ हजार रुपैयाँ ट्रफि र प्रमाण पत्र,र तेश्रोलाई ५ हजार रुपैयाँ ट्रफि र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )