द लिटल प्रिन्स एन्ड प्रिन्सेसको उपाधि स्प्रिया, सिर्जित, आरोही र आरभलाई

द लिटल प्रिन्स एन्ड प्रिन्सेसको उपाधि स्प्रिया, सिर्जित, आरोही र आरभलाई

बिर्तामोड । ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित द लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२२ को सिनियरतर्फको उपाधि बिर्तामोडकी स्प्रिया पोखरेल र सिर्जित भुजेलले हात पारेका छन् भने जुनियरतर्फ आरोही कार्की र आरभ श्रेष्ठले हात पारेका छन् ।

झापाको बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा भएको फाइनल प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका हुन् ।
त्यस्तै प्रतियोगिताको सिनियरतर्फ फस्ट रनरअप रोयस गजमेर र स्नेहा पौडेल भए भने सेकेण्ड रनरअप सानोबाबु अधिकारी र प्रिया सिटौला भए । त्यस्तै, जुनियरतर्फ फस्ट रनरअप आभास अधिकारी र ज्योति चौलागाईं भए भने सेकेण्ड रनरअप एलिस आचार्य र समृद्धि खरेल भए ।
त्यसैगरी सिनियर गर्ल्सतर्फ बेस्ट लिडरसिप रिहाना श्रेष्ठ , ब्युटिफुल वाल्क र बेस्ट प्रफमेन्स, स्प्रिया पोखरेल , बेस्ट कन्फिडेन्स नेहा सिटौला, मोस्ट ब्युटिफुल तथा अडियन्स च्वाइज अवार्ड अनुष्का पराजुली , मोस्ट फ्रेण्डली स्नेहा पौडेल, मोस्ट फोटोजेनिक तान्छोामा लिम्बू , मोस्ट डिसिप्लिन कृतिका यादव, मोस्ट ट्यालेन्टेड प्रिया सिटौला , ब्युटिफुल हेयरतर्फ सृष्टि प्रसाईंले उपाधि जितेका छन् ।
त्यसैगरी जुनियर गर्ल्सतर्फको बेस्ट एक्सप्रेसन तथा सोसियल मल्टिमिडिया अवार्ड रिदिमा उप्रेती, ब्युटिफुल वाल्क धालिङ मगर , ब्युटिफुल स्माइल पूजा सुवेदी , मोस्ट चार्मिङ प्रसिद्धि अधिकारी, ब्युटिफुल पर्सानालिटी एन्जल खेवाङ , मोस्ट ट्यालेन्टेड आरोही कार्की ,ब्युटिफुल स्माइल तथा बेस्ट ड्रेस अवार्ड, प्रकृति राजवंशी, बेस्ट लिडरसिप ज्योति चम्लागाईं, लिटिल कङ्नालिटी तथा अडियन्स चोइज अवार्ड स्मारिका राजवंशी, मोस्ट क्युट समृद्धि खरेल, मोस्ट फ्रेन्डली अवार्ड जोया पुरी उपाधि जित्न सफल भएका छन् ।
त्यसैगरी सिनियर व्वाइजतर्फ मोस्ट फ्रेन्डली सिर्जित भुजेल, मोस्ट ट्यालेन्टेड सानोबाबु अधिकारी, मोस्ट डिसिप्लिन रोयस गजमेरले उपाधि जितेका छन् ।
त्यसैगरी जुनियर व्वाइजतर्फ मोस्ट एनर्जेटिक सामर्थ्यजङ्ग खड्का, स्मार्ट वाल्क आभाष अधिकारी, मोस्ट ट्यालेन्टेड र हेन्डसम आरभ श्रेष्ठ, बेस्ट स्माइल एलिस आचार्य, मोस्ट कन्फिडेन्ट अर्मान राजवंशीले उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष भेषराज भण्डारी (प्रशान्त), सञ्चारकर्मी पुष्पाञ्जली सिन्हा, इनरह्विल क्लब अफबिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जमुना भुषाल शर्मा, नायक तथा गीतकार प्रकाश घिमिरे, मोडल ग्रेस राजभण्डारी रहेका थिए ।
लायन्स क्लब सिन्धुलीकी पूर्व अध्यक्ष तथा नेवाःमिसा दवू कनकाई नगर समितिकी संस्थापक अध्यक्ष कविता श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा निर्माण व्यवसायी शेरबहादुर थापा, वीरता जेसीजका पूर्व अध्यक्ष राजेन्द्र चौलागाईं, वीरता जेसीजका अध्यक्ष प्रविण खड्का, सिर्जना थापा, मनोज पोखरेल, रोहित ढुङ्गेललगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बालबालिकाको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा चर्चित गायक पुष्पन प्रधान, गंगा विष्ट, सारेगमप लिटल च्याम्प्स नेपालकी विजेता कृपा पौडेल लगायतको सांगीतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रमको सञ्चालन कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठ तथा विनिसा दाहालले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )