भक्ति र भोक

भक्ति र भोक

माधव कल्पित
आजभोलि मान्छेले भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालको शैयामा पुगेर सम्झने गर्छ । यो भनेको सहज अवस्था को भौतिक चिन्तन र असहज अवस्थाको आध्यात्मिक चिन्तन प्रतिको पर्याय हो । ठेस नलागुन्जेल सम्म आमा नसम्झने हाम्रा मन र भावनाहरु भगवानलाई धर्म भन्छौं । धर्मलाई राजनीतिसँग जोड्छौ र गन्तव्यहीन बाद र सिद्धान्तकोपछी लागेर आफूभित्रको भगवानरुपी देवताको वध गर्दै एउटा मानव पिण्ड लाई देवता बनाउने सपना बुन्छौ । टाउकोमा बाँधेको कफनले आँखामा पट्टि बाँधेर कुनै बाद र सिद्धान्तको पछि –पछि दौडदै बत्तिको पुतली बनेर आफ्नो जीवनको आहुति चढाइरहेका हुन्छौ । प्रजातान्त्रिक पद्धतिमा जनता स्वतन्त्र देखिएपनि नेतृत्वको रिमोटबाट परिचालित हुन्छन् । प्रत्येक वर्ग या समुदायका नागरिक कुनै न कुनै रिमोटको सिष्टमसँग जोडिएका नै हुन्छन् । त्यसैले शासक जति नै क्रुर र भ्रष्ट भएपनि सिस्टम र पद्धतिले तत्काल प्रतिकारलार्इ स्खलन गर्दछ । त्यसैले जनता त्यही नेतृत्वको पिछा गर्न बाध्य हुन्छन् । यो प्रथा र पद्धतिको एउटा दरिलो उदाहरण यसरी प्रस्तुत हुन्छ । ूएकदिन संसदमा हिटलरले एउटा जिउँदो भाले लिएर गएछन् । त्यसदिन हिटलरको सभामा सम्बोधन गर्ने कार्यक्रम थियो । उनले सभामा उभिएर भालेका प्वाँख एक –एक गरी उखेल्न थाले । जिउँदो भाले जतिपटक प्वाँख तान्यो त्यति नि पीडा र छट्पटीले चिच्याइरहेको थियो । भाले पिडाले जति नै चिच्याए पनि हिटलरले उसको प्वाँख उखेल्न छाडेनन् । उनले भालेका सबै
प्वाँख उखेलेर नाङ्गो बनाए । केहि समय पश्चात हिटलरले भालेको नजिक एक –एक गर्दै मकैको दाना फाल्न थाले । भाले अघीको सबै पीडा बिर्सिएर दाना खान थाल्यो । हिटलर मकैको दाना फ्याक्दै हिड्न थाले । हिटलर जताजता हिँडे भाले उनकै पछिपछि हिड्न थाल्यो । चारो को आशामा भालेले आफ्नो सम्पुर्ण प्वाँख मुण्डनकर्ता हिटलर नै मेरो दुश्मन हो भन्ने सबै बिर्सिइसकेको थियो । त्यसपछि हिटलरले सभालाई सम्बोधन गर्दै भने– सभामुख महोदय नेतृत्व मुखी व्यवस्थामा नेता र जनताबीचको सम्बन्ध यस्तै छ । मैले भालेलाई जस्तै नेताले देश र जनतालाई पुरै नांगो बनाउँदा पनि जनता नेताको पछि लाग्न छाड्दैनन् ।त्यसैले यस्तो नेताको पछि लाग्ने जनताले कस्तो नेतृत्व चयन गर्छन् ? र त्यो नेतृत्वले देश र जनताप्रति कति को बफादर भएर काम गर्न सक्ला ? हिटलर को यो उदाहरण सहितको सम्बोधनले संसदमा सबैलाई स्तब्ध बनाएको थियो ।साच्चिकै त्यसबेला हिटलरले दिएको त्यो उदाहरण आज नेपाल र नेपाली जनताका लागि पद प्रदर्शक भएको छ । यद्यपि चुनावी समयमा चारो छर्न थालेपछि आज महामारीको संकटमा जति नै रोग ,भोक, पीडा ,बेदना र छटपटी बाट आक्रान्त भए पनि आखिर भालेरुपी जनताहरु चुनाब नजिक चारो छर्न थालेपछि आजका सबै पीडा भुलेर तीनै नेताको पछि दौडिन बाध्य हुनेछन् । यहि हो दलिय रिमोटको असली कमाल । यतिबेला विश्व महामारीको संक्रमणबाट घुँडा टेक्न बाध्य छ । विकल्पको खोजी खोजीमै लाखौंलाखले अकालमा ज्यान गुमाइरहनु परेको छ । हिजोको परिवेश र परिस्थितिमा पुग्न अझै कति दिन प्रतिक्षा गर्नुपर्ने हो त्यसको कुनै लेखाजोखा छैन । स्थिति यस्तै रहने हो भने मानिस रोगले भन्दा बढी भोकले मर्ने निश्चित छ । समाजमा हुनेखाने र हुँदाखाने दुई थरीका मानिसहरूलाई दुवै प्रकारको भोकले आक्रान्त बनाएको छ । खान नपाएकाहरुलाइ केबल पेटको मात्र भोक छ । अन्न पायो भने उसका सम्पुर्ण इच्छा पूर्ण हुन्छन् । उm मात्रै अन्नको प्रतिक्षामा बाँचेको छ । हुनेखानेलाई पेटको भन्दा बढि इच्छाशक्तिको भोक छ । मान सम्मान प्रतिष्ठा र सामाजिक बर्चस्वको भोक र भयले पोलेको छ । उm अन्न नहुँदाको भोकलार्इ बुझ्दैन । उसलाई पेटमा अन्नको शक्ति भन्दा समाजमा औकातको शक्ति चाहिएको छ । चामल चपाएर मेट्न नसक्ने चाहनाका भोक को भयले सताएको छ । त्यसैले त उm भय र संक्रमणबाट मुलुक आक्रान्त भएको बेला पनि आफ्नो भोक मेटाउन कानुन चपाउदै छ । सेनिटाइजर पचाउदै छ । संक्रमण परिक्षणका किटहरुलार्इ पनि आफ्नै भोक र प्यासको आहार भनाएर निल्दैछ । करोडका भोकले कोठरी पुर्यायो आफ्नाका भोकले अनुहार खुम्च्याएर हिँड्न बाध्य बनायो तर पनि भनेजस्तो राहत नपाएर उ आफै आक्रान्त छ । जनताले जनतालाई ,जनताद्बारा भन्ने शब्द ब्यबहारिक नभइ शब्द –शब्दमा मात्रै त सिमित भएको छैन ? यसको ज्वलन्त उदाहरण ूम र तपाईं पनि हो ।ू मेरो घरमा केही मानिसहरु भाडामा बसेका छन् । संक्रमण सुरु भएपछि उनीहरूको रोजगारी र व्यवसाय बन्द भएको छ । उनीहरूसँग हातमुख जोड्ने कुनै उपाय छैन । उनिहरु एक पेट खान नपाए रात दिन राहतको आशामा कुदिरहेका छन् । मेरो घरमा मात्र हैन टोल र गाँउमा पनि यस्ता दर्जनौं भोका नाङ्गा र असहायहरु प्रशस्त देखिएको छु । जो खान नपाएर रोगले भन्दा भोकले मर्न लागेका छन् । म समाजको प्रतिष्ठित ब्यक्ति हुँ ।म आफुलार्इ समाजसेवी भनेर चिनाउन पनि चाहन्छु । मैले चाहृेभने कसैलाई जति दिन सक्छु । तर मलाई यी ब्यक्ति को भोक मेटाउन पटक्कै मन छैन । किनकि यिनीहरूको भन्दा मेरो भोक अझै खतरनाक छ । यि एक छाक खान नपाएकाहरुलार्इ खुवाएर मेरो भोक कहाँ मेट्छ र ? । बेला बेला यिनिहरु को चिच्याहट सुनेर दया पनि जागेर आँउछ ।केहि दिएर एक दिनको भए पनि भोक मेटाइ दिउ । मन पटक्कै मान्दैन । किनकि मलाई एकद्वार प्रणालीले प्रतिबन्ध लगाएको छ । मैले यिनको भोक मेटाउँदा मेरो सामाजिक प्रतिष्ठाको भण्डार रित्तिन सक्छ । सहज अबस्थामा स्वाभिमान र प्रतिष्ठाले अगाउन नसकेको मेरो भोक असहज अबस्थामा अझ कुन हबिगत को होला ? बुढापाकाको यौटा उक्तिको स्मरण हुन्छ अनि कालमा बिउ जोगाउनु । मैले साचे हो यो कसैको लागि अनिकाल र कसैको लागि सहकालको समयमा मैले मेरो भोकको बिउ जोगाउनु पर्छ । यति बेला मैले लुकीछिपी यिनीहरूको भोक मेटाए पनि मेरो भोकको बिउ कहाँ जोगिन्छ र ? त्यसैले यी निरीह मेरा आँखा अगाडिका सबै भोका मानिसहरूको छातीमा टेकेर म लाखौको चेक काट्छु । ति एक पेट खान नपाएका भोका नाङ्गा र असहायहरुको सेवा गरेर आफ्नो भोक मेटाउन म एकद्वार प्रणालीमा पुग्छु । निकै ठुलो तामझाम र हल्ली खल्लीका साथ चेक बुझाउँछु ।मैले दिएको सहयोगले ति असलि भोकाहरुले भोक मेटे या मेटेनन् । मलाई केहि थाहा भएन । म आफ्नै भोकको छट्पटीमा भौतारी रहेको थिए । भोलिपल्टको अखबार र थुप्रै सामाजिक सञ्जालका वालहरुमा दानवीरले गरे लाखौंको सहयोग भन्ने समाचार छापिएको देखेँ । मलाई धेरै ठुलो राहत मिल्यो किनकि महिले बर्षौदेखि भोकाको पेटबाट लिएको राहत भोका कै पेट भर्न दिएको इनामले मेरो भोक मेटिएको छ । अनि तपाईंको नि ??
,कल्पित क्षितिज नाट्य प्रतिष्ठान प्रदेश नं.१ झापाका अध्यक्ष हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )