हराएका चेलीबेटी खोज्न मोवाइल एप्स

काठमाडौं ।  हराएका, देहव्यापार, वेश्यावृत्ति र बेचविखनमा परेका पीडितको तत्काल खोजीका लागि पहिलोपटक ‘मोबाइल एप’ सुरु गरिएको छ ।
माइती नेपालले शुक्रबारदेखि थालेको एपबाट नेपालका जुनसुकै सीमानाकाबाट भारत वा तेस्रो मुलुकमा गैरकानुनी रूपमा जान लागेका, बेचबिखनमा पर्न लागेका बालबालिका र चेलिबेटी तुरुन्त पत्ता लाग्ने छ ।
अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी नाउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रदान गरेको हो ।

एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलिबेटी खोज्ने कार्य सहज हुने भएको हो ।
अन्तर्रा्ष्ट्रिय बजारमा सफ्टवेयरसहितको खोजी मोबाइल एपको मूल्य करिब १ मिलियन अमेरीकी डलर अर्थात् १० करोड नेपाली रुपैयाँबराबर भएको नाउट्रिकिट इन्क कम्पनीका प्रमुख कार्यकारी अधिकृत समीर पन्थीले जानकारी दिए ।

२५ वर्षदेखि मानव बेचबिखनविरुद्ध सक्रिय रूपमा काम गर्दै भारतलगायत तेस्रो मुलुकमा बेचिन लागेका र बेचिएका सयौं चेलीबेटी उद्धार गरेकाले माइती नेपाललाई निःशुल्क एप प्रदान गरिएको जनाइएको छ ।

‘यो एप प्रयोगमा ल्याउने माइती नेपाल नै नेपालको पहिलो संस्था हो,’ पन्थीले भने, ‘यसबाट भविष्यमा हराएका बालबालिका र चेलिबेटी समयमै पत्ता लगाउन र उनीहरूलाई बेचबिखनका लागि लैजाने अपराधी पक्रिन सजिलो हुने छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )