फस्ट स्टेप फिटनेश बिर्तामोडमा स्ट्रेञ्ज लिफ्टिङ

फस्ट स्टेप फिटनेश बिर्तामोडमा स्ट्रेञ्ज लिफ्टिङ

बिर्तामोड । फस्ट स्टेप फिटनेश बिर्तामोडको आयोजनामा मा प्रदेश १ मै पहिलो पल्ट बिर्तामोडमा स्ट्रेञ्ज लिफ्टिङ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा महिला तथा पुरुष गरि १५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । उनीहरुले ७० केजी मुनी र ८० केजी मुनी तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगिताको चिफ जज स्ट्रेञ्ज लिफ्टिङका झापा अध्यक्ष अर्जुन लम्साल, नेशनल जज हरि धिमाल, चन्द्र रानामगर (लाफा) रहेका थिए ।
प्रतियोगिताका बिजेता खेलाडीहरुलाई स्ट्रेञ्ज लिफ्टिङका केन्द्रीय सदस्य राजु रायमाझी,ग्यालेक्सी फिटनेशका प्रशिक्षक ललित धिमाल, ब्यबसायी सरोज गिरी, युवा परिषद झापा अध्यक्ष मदन बुढाथोकी, कानगोइ अङ्ग्रेजी स्कुलका संस्थापक धिरज नारायण गणेशलगायतले पुरस्कार प्रदान गरेको फस्ट स्टेप फिटनेश बिर्तामोडका सञ्चालक धनन्जय गणेशले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )