विज्ञान विषयका शिक्षकलाई प्रयोगात्मक प्रशिक्षण प्रदान

राजगढ ।  बाह्रदशी गाउँपालिका ३ मा रहेको पशुपति माध्यमिक विद्यालयमा राजगढ श्रोत केन्द्र अन्तर्गत विज्ञान विषयका शिक्षकलाई प्रयोगात्मक प्रशिक्षण तालिम दिइएको छ ।

श्रोत केन्द्र अन्तरतका सामुदायिक तथा निजी २९ वटा विद्यालयका विज्ञान विषयका शिक्षक शिक्षिकालाई प्रयोगात्मक प्रशिक्षणको अवधारणा सिकाएको हो ।

साथै विज्ञान विषयको महत्व, विद्यार्थीहरुको रुची र चाहानासँगै बदलिँदो शैक्षिक प्रणाली अन्तरगत प्रयोगात्मक प्रशिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रशिक्षण दिएको हो ।

तालिम कार्यक्रमका प्रमुख अतिथि प्रयोगात्मक विज्ञानका लेखक तथा शिक्षक तीर्थराज ढकालले प्रशिक्षण दिएको तालिममा देवी मावि बिर्तामोडका विज्ञान संकायका प्रमुख लीलाप्रसाद भण्डारीले पनि सहजीकरण गरेका छन् ।

प्रशिक्षक ढकालले प्रयोगात्मक शिक्षालाई लागु गर्ने हो भने विद्यार्थीहरुलाई विशेष टेवा पुग्ने भन्दै सिकाई पद्धतिमा विशेष ध्यान दिन उपस्थित शिक्षकलाई आग्रह गरे ।

प्रशिक्षक भण्डारीले पाठ्यक्रममा समावेश भएका विषयवस्तुलाई मौखिक मात्रै नभई प्रयोगात्मक सिकाई अहिलेको आवश्यकता भएको बताए । उनले प्रयोगात्मक शिक्षण पद्धति नभएर नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको पनि जिकिर गरे ।

प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले प्रयोगात्मक सिकाईलाई आत्मसाथ गर्दै लागू गर्न विशेष ध्यान दिने बताए । राजगढ श्रोत केन्द्रको आयोजनामा भएको कार्यक्रममा पशुपति माविका प्रधानाध्यापक विध्यासुन्दर चौधरीको सभापतित्वमा रहेको थियो भने उक्त कार्यक्रमको समन्वय श्रोत व्याक्ति छविलाल बस्नेतले गरेका थिए ।

कार्यक्रम अक्सफोर्ड एकाडेमी सेन्टरका बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )